काठमाडौँ । सोह्रखुट्टे–बालाजु सडक भासिएको छ । बुधबार बिहान काठमाडौँ महानगरपालिका १६ नयाँबजारको कुमारी टोलको गेट अगाडि सडकमा झन्डै ११ फिट गहिरो खाल्डो परेको हो ।
खाल्डोमा एउटा मोटरसाइकलमेत खसेको थियो । मोटरसाइकललाई क्रेनबाट निकालेको र मोटरसाइकल चालक पनि सकुशल रहेका प्रहरीले जनाएको छ ।
सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।