२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाइ गर्नुहुँदैन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरूले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्नुपर्ने बताएका छन् । मंगलबार गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तिको अवसर पारेर सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेता सिटौलाले शान्ति प्रक्रियाको काम तत्काल पूरा गर्दामात्रै पीडितले न्याय पाउने र गिरिजाप्रसाद कोइरालाप्रति पनि उचित श्रद्धासुमन हुने धारणा राखे । उनले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा ढिला नगर्न पनि सरकार र राजनीतिक दलहरूलाई दबाब दिए ।

नेता सिटौलाले भने,‘सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग, त्यो सम्बन्धी कानुनले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । म कसैलाई दोष दिन चाहन्न । हाम्रो यो नालायकीबाट देशलाई मुक्त गरेनौ भने भविष्यमा मुलुकलाई राम्रो हुँदैन । पीडितले न्याय पाउने कुरा विस्तृत शान्ति सम्झौतामा हामीले लेख्यौँ । हामीले आजको दिनमा कमिटमेन्ट गर्नु पर्छ-द्वन्द्व पीडितलाई न्याय दिनेगरी काम गर्छौँ ।’

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा दिएको योगदानको सम्मान गर्न पनि शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्ने कुरामा जोड दिए । उनले सरकार र राजनीतिक दलहरूले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न ढिलाइ गर्न नहुने बताए । उनले शान्ति प्रक्रियालाई पूर्णता दिने विषयलाई राजनीतिक दलहरूले सामान्य रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुने चेतावनी समेत दिए ।

अध्यक्ष भट्टराईले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गन पनि दलहरू प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

उनले भने, ‘गिरिजाप्रसाद कोइरालाको योगदानको सम्मान गर्ने हो भने प्रतिबद्धता गरौँ भन्न मेरा पनि आग्रह छ । संयोगले प्रमुख दलहरूले नै मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ । मत सरकार पनि छैन । तर त्यो शान्ति प्रक्रियालाई टुङ्ग्याउने जुन विषय छ । यसलाई हामीले किन हल्का रूपमा लिएका छौ रु कोइरालाले आफ्नो जीवनका अन्तिम कालका शान्ति प्रक्रियाको काम टुङ्गाउने जिम्मेवारी तपाईँहरूको काँधमा छ भन्नु एको थियो । तर त्यो अझै पूरा हुन सकेको छैन । त्यसलाई तत्काल पूरा गर्नुपर्छ ।’

अध्यक्ष भट्टराईले सहमति, सहकार्य र एकताको बलमा शान्ति प्रक्रियाको कामलाई गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु गरिएको र त्यसलाई पूर्णता दिने विषयमा पनि दलहरू एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।

प्रतिक्रिया दिनुहोस