२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विदेशीने विद्यार्थीलाई नेपालमै रोक्न गुणस्तरीय शिक्षाको व्यवस्था गरिनुपर्छु’

अ+ अ-

काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेशीनुपर्ने अवस्था अन्त्यका लागि नेपालमै गुणस्तरीय शिक्षाको व्यवस्था मिलाइनुपर्नेमा सरोकार भएकाहरुले जोड दिएका छन् ।

स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा विसं २०६९ असार १८ गते स्थापना भएको जिपी कोइराला मेमोरियल कलेजको १३औँ वार्षिकोत्सव समारोहमा सहभागी शिक्षा एवं राजनीतिक क्षेत्रका व्यक्तित्वहरु त्यस्तो जोड दिएका हुन् ।

उनीहरुले नेपाली विद्यार्थीलाई देशमै रोक्न गुणस्तरीय शिक्षा र उपयुक्त शैक्षिक वातावरण निर्माण गर्नतर्फ त्यसतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गराए ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य श्रीराम लामिछानेले गिरिजाप्रसाद कोइराला विश्वविद्यालय स्थापनाको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिँदै अध्ययनकै लागि विदेशीनुपर्ने अवस्था अन्त्यका लागि आवश्यक विषय यहाँ पढ्न पाउने गरी व्यवस्था गरिने बताए ।

उनले सत्ता परिवर्तन जनताका लागि हुनुपर्नेमा जोड दिँदै गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालगायत नेताले देखाएको बाटोमा हिँड्नुपर्ने आवश्यकता औँल्याए। पढ्दै, कमाउँदै, सिक्दै जस्ता कार्यक्रमलाई पनि नेपालमा प्रभावकारी रुपमा सञ्चालन गरिनुपर्नेमा लामिछानेको जोड दिए ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालले नेपाली विद्यार्थी स्वदेशमै रोकेर करोडौँ रुपैयाँ नेपालमै उपयोग गरिनुपर्ने बताए । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य बिना पोखरेल पराजुली, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति भूपेन्द्र बस्नेत, क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष न्हुच्छेनारायण श्रेष्ठ, क्याम्पस प्रमुख शिवप्रसाद अधिकारीलगायतले चाहेको विषय अध्ययन गर्न नपाइ विदेश जान बाध्य हुने विद्यार्थीलाई लक्षित गरी कलेजले विषय व्यवस्थापन गर्न लागेको बताएका थिए ।

कलेजमा मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र सङ्कायअन्तर्गत स्नातक र स्नातकोत्तर तहको अध्ययन अध्यापन भइरहेको छ । कलेजमा तीन हजारभन्दा बढी विद्यार्थी अध्ययन गरिरहेको प्राध्यापक राजकुमार ढुङ्गानाले जानकारी दिए ।