२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा महामन्त्रीले स्पष्टीकरणको जवाफ केन्द्रीय समिति बैठकमा दिने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकाललाई सात दिने स्पष्टीकरण सोधेपछि पार्टीभित्र उनीमाथि सम्भावित कारबाहीको चर्चा व्यापक भएको छ । शुक्रबार रास्वपाको अनुशासन आयोगले उनलाई ७ दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरण पठाएको थियो ।

आफ्नो समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा अगाडि सञ्चारमाध्यममा लिक गरेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको हो । सभापति रवि लामिछानेकै निर्देशनमा आयोगले स्पष्टीकरण सोधेको बुझिएको छ । आयोगका अध्यक्ष यज्ञमणि न्यौपानेले स्पष्टीकरण पत्रमा हस्ताक्षर गरेका छन् ।

महामन्त्री डा. ढकालले अहिलेसम्म स्पष्टीकरण पत्र नपढेको बताए । स्पष्टीकरण पत्र आज पढेर बुधबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राख्ने उनको भनाइ छ ।

रास्वपाले महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न भनेर बुधबार केन्द्रीय समितिको बैठक बोलाएको छ । सो बैठकमा महामन्त्री ढकालमाथि ‘कारबाही’ को निर्णय हुन सक्ने आंकलनहरु पनि भइरहेका छन् । उनलाई पदबाट बर्खास्त गर्नेदेखि निलम्बनमा राख्नेसम्मका विकल्पहरूबारे चर्चा भइरहे पनि मूर्तरूपमा केही आएको छैन । रास्वपामा महामन्त्री नियुक्त गर्ने र हटाउने एकाधिकार विधानले सभापतिलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस