१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ती भन्सारद्वारा नौ करोड राजश्व संकलन

अ+ अ-

कैलाली । कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा रु. नौ करोड ८० लाख ७८ हजार राजश्व संकलन गरेको छ । 

सत्ती भन्सार कार्यालयले चालु आवमा रु. १२ करोड एक लाख ४७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले बताए ।

गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले रु. १६ करोड ९४ लाख ४१ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा रु. सात करोड ५० लाख ४० हजार मात्र राजश्व संकलन भएको प्रमुख सापकोटाले बताए। “यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौँ”, उनले भने ।

सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवाफत रु. ६४ हजार, बेरुजुबाट रु. एक लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ रु. ४१ हजार, अन्तःशुल्क आयातमा रु. २३ लाख ११ हजार, भन्सार महशुल आयातमा रु. पाँच करोड एक लाख, कृषि सुधार शुल्कमा रु. एक लाख आठ हजार,  भन्सार सम्बन्धी अन्य आयमा रु. ६ लाख ३९ हजार, मूल्य अभिवृद्धि कर आयातमा रु. चार करोड ४६  लाख ९७ हजार तथा हरित करबाट रु. चार हजार राजश्व संकलन भएको प्रमुख सापकोटाले बताए ।

सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तुनियाँ भएर आयात गरिँदै आएको छ । 

खुला सीमाका कारण राजश्व संकलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस