२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसिया-प्यासिफिक र सार्कले बालबालिकाका क्षेत्रमा सहकार्य गर्ने

अ+ अ-

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र एसिया प्यासिफिक जोइनिङ फोर्सेस (एजेएफ)ले सार्क क्षेत्रका बालबालिकाको अधिकार र कल्याणको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौँमा आयोजित ‘सार्क क्षेत्रका बालबालिकाको अधिकार’ विषयक अन्तरक्रियामा सार्क र एजेएफले बालबालिका र युवाहरूको अधिकार र कल्याणका लागि विभिन्न विषयमा छलफल गर्दै उक्त प्रतिबद्धता जनाएका हुन् । 

बालबालिकाविरुद्धको हुने हिंसा, बाल विवाह, जलवायु परिवर्तनले बालबालिकामा पारेका असरलगायत विषयमा छलफल गरी बालबालिकाको अधिकार सुनिश्चित गरी विद्यमान चुनौती संयुक्तरुपमा समाधान गर्दै जानेमा सबै एकजुट भएको अन्तरक्रियामा सहभागी प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक राम किशनले बताए ।

उनका अनुसार छलफलमा क्रममा सार्क र एजेएफ दुवैले यस क्षेत्रका बालबालिका र युवाहरूको अधिकार, बालविवाहको अन्त्य, सचेतना अभिवृद्धिलगायत क्षेत्रमा एकसाथ काम गर्ने ऐक्यबद्धता जनाएका छन् । 

“विश्वभर करिब ६५ करोड किशोरीहरू १८ वर्षको उमेर नपुग्दै विवाह गर्ने गरेका छन्, यो सङ्ख्या दक्षिण र दक्षिणपूर्वी एसियामा सबैभन्दा धेरै रहेको तथ्याङ्क छ । दक्षिण एसियामा मात्रै कम उमेरमा विवाह गर्ने युवतीहरू ४५ प्रतिशतको हाराहारीमा छन्”, राष्ट्रिय निर्देशक किशनले भने । 

अफगानिस्तान, भुटान, बङ्गलादेश, भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्कामा यो समस्या धेरै रहेको उनको भनाइ थियो । सो अवसरमा सेभ द चिल्ड्रेन, चाइल्डफन्ड इन्टरनेशनल श्रीलङ्का, एसओएस चिल्ड्रेन भिलेज नेपाल, टेरे डे होम्स नेदरल्यान्ड्स, टेरे डे होम्स जर्मनी, वर्ल्ड भिजन नेपाल, सीआरसी एसिया, प्लान इन्टरनेशनललगायत संस्थाका ४० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस