२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा मोहन बस्नेतले ‘कलिला र ओठ निचोर्दा दूध आउने माननीयज्यूहरू’ भनेपछि नियमापत्ति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहन बस्नेतले प्रतिनिधि सभाको बैठकमा ‘कलिला र ओठ निचोर्दा दूध आउने माननीयज्यूहरू’ भनेपछि नियमापत्ति भएको छ ।

शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद बस्नेतले आफूलाई टेरामक्समा जोडेर सबै सांसदहरुले प्रश्न गरेको बताए । त्यसक्रममा उनले यस्तो भाषा प्रयोग गरेका हुन् ।

‘मलाई पनि टेरामक्सको कुरालाई लिएर बेला बेलामा, हुन त यसका बारेमा तीन जना सांसदहरूको नाम मुछिएको छ । यसका बारेमा बेला बेलामा कुरा उठाउने गरेको छ । एकदम कलिला कलिला ओठ निचोर्दा दूध आउने माननीयज्यूहरूदेखि लिएर दाह्रीजुँगा फूलेका माननीय ज्युहरूसम्मले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु’ बस्नेतले भने ।

त्यसपछि सांसद बस्नेतको शब्दलाई लिएर नेकपा एमालेकी सांसद सम्झना थपलियाले नियमापत्ति गरिन् ।

‘ओठ निचोर्ने माननीय, कलिलो र छिपिएको माननीय भन्ने हुँदैन । त्यसकारणले यो असंसदीय भाषा भयो यो फिर्ता लिनुपर्छ’ भनेर उनले भनिन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले ‘के भएको रहेछ हेरेर निर्णय गर्छौँ’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस