२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले फिट गरेको डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्याउन सक्छ’  

अ+ अ-

काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री तथा काँग्रेस नेता एनपी साउदले सरकारले साझा र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा सत्तारुढ दलहरुबीचमा भएको राजदूत भागन्डाले  कुटनीतिक क्षेत्रमा तरंग पैदा गरेको भन्दै आपत्ति जनाएका छन् । 

उनले सत्ता गठबन्धनको उक्त कार्यले छिमेकीसँगको नीतिलाई ध्वस्त पार्न खोजेको र छिमेकीबीचको सम्बधलाई डाइनामाइट फिट गरेर राखेको आरोप लगाउँदै सरकारले परराष्ट्र नीतिप्रति सचेत हुनुपर्नेमा सचेत गराए ।  बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएका हुन् ।

नेता साउदले भने, ‘नेपालले आफ्नो कुटनीति र भरिपूर्ण बनाउने बेलामा ११ राष्ट्रबाट ११ जना राजदुत फिर्ता बोलाएका छौँ । प्रशासन र कर्मचारीहरूबाट जाने र विभिन्न पेसाबाट जाने राजदूतलाई के कारणले फिर्ता बोलाइयो जानकारी नदिई फिर्ता बोलाइयो । यसले कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको छ’ उनले भने । 

यस्तै उनले सरकारले हाल छिमेकी राष्ट्र भारत-चीन सँगको सम्बन्धलाई सन्तुलित र राम्रो  बनाउनुपर्नेमा उल्टो सरकार परिवर्तन भएसँगै परराष्ट्र नीति पनि एकलौटी बनाएर सरकार अघि बढ्न खोजोको आरोप लगाए । साझा परराष्ट्र नीति हुनुपर्नेमा जोड दिएका नेता साउदले सरकार आफैँलाई नोक्सानी हुने खालको नीतिमा अघि बढ्न खोजिरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।  

‘‘राष्ट्र निर्माता पृश्वी नारायण शाहले जुन कुरा भन्नुभएको थियो नेपाल दुई ढुंगा बीचको तरुल हो भनेर भन्नुभएको थिाये । त्यसको मापन उडाउने प्रयत्न गरिएको छ । पृश्वी नारायण शाहाले दुई ढुंगालाई निर्जिव भन्नुभएको थियो बलियो थिए तर, निर्जिव थिए । तरुल गतिशिल थियो, तरुल वृद्धि हुँदै थियो, तरुल सजिव थियो । 

तर अहिले जसरी यो सरकारले परराष्ट्र नीतिलाई, छिमेकीसँगको नीतिलाई ढुंगाको तरुलको रुपमा भन्दा पनि डाइनामिट फिट गरेर राख्ने प्रयत्न गर्नुभएको छ ।’’ उनले थप भने ‘‘म सरकारलाई आग्रह गर्न चाहान्छु, सरकारलाई पनि सचेत गर्न चाहान्छु कि भोलीका दिनमा डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्याउन सक्छ । ढुंगालाई क्षति पुर्याउन सक्छ तर, डाइनामाइट पड्किसकेपछि आफू बाँकी रहन सक्दैन । यो तथ्यलाई आत्मसाथ गर्नुपर्छ ।’’ 

उनले चीनलाई हामी बीआरआईमा सम्झौता गर्न तयार छौँ भन्ने सन्देश दिने र त्यसलाई सत्ता समिकरण बनाउन प्रियोग गरी भारत र अन्तर्राष्ट्रिय समुदायलाई बीआरआईलाई रोकिराखेका छौँ भन्ने कच्चा कुटनीतिक चाल नचल्न सरकारलाई आग्रह गरे । उक्त कार्यले नेपालको अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा घट्ने भन्दै थपे नेपालले कुटनीतिक व्यवहार गर्दा अग्रजहरुको ज्ञान, सुझावलाई लिनुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस