२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पारमाणविक पदार्थ विकिरण व्यवस्थापनको काम अघि बढ्यो

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पारमाणविक पदार्थ विकिरणको प्रयोग, सुरक्षा र संरक्षणसम्बन्धी व्यवस्थापनको काम अघि बढाएको छ ।

रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐनबमोजिम मन्त्रालयले विकिरणको प्रयोग, सुरक्षा र संरक्षणसम्बन्धी निरीक्षकलाई एक महिने तालिम सञ्चालन गरेको छ । मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाले सञ्चालन गरेको तालिम आज समापन गरिएको मन्त्रालयका विज्ञान तथा प्रविधि सचिव विश्वबाबु पुडासैनीले बताए ।

तालिममा मन्त्रालयका पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा, विज्ञान प्रविधि महाशाखा, वनस्पति विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, भौतिक शास्त्र केन्द्रीय विभाग, रसायन शास्त्र केन्द्रीय विभाग, वीर अस्पताल, सिभिल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलगायतका निकायबाट प्रशिक्षार्थी सहभागी थिए ।

ऐनअन्तर्गत बनेको नियमावलीमा विकिरण निरीक्षकको व्यवस्था छ । परमाणु विज्ञान वा परमाणु इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण, आयोनिकरण गर्ने विकिरणको प्रयोग, संरक्षण तथा सुरक्षा सम्बन्धमा नियमनकारी निकायले निर्धारण गरेबमोजिम कम्तीमा एक महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले रेडियोधर्मी पदार्थसँग सम्बन्धित अभ्यास, क्रियाकलाप र संयन्त्रको नियमनमा प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले मन्त्रालयले शिक्षातर्फको मात्र नभइ विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि पनि उत्तिकै जिम्मेवारीका साथ काम गरिरहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस