१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउनदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने समय बढाउन गृहमन्त्रीलाई एमाले नेताको आग्रह

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति थप गर्न गृहमन्त्री रवि लामिछानेसँग आग्रह गरेको छ ।

बुधबार एमालेका नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौँ जिल्ला कमिटीका नेताहरूले गृहमन्त्री लामिछानेलाई सिंहदरबारमा भेटेर काठमाडौँमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई केही पछि धकेल्न आग्रह गरेका हुन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिनका लागि २८ जिल्लाका लाभग्राहीलाई आउने साउन १ गतेदेखि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्र्ने निर्णय गरेपछि लाभग्राहीले सास्ती खेप्नुपरेको भन्दै एमाले जिल्ला कमिटी लामिछानेको ध्यानाकर्षण गराएको हो ।

एमाले काठमाडौं जिल्ला सांसद कृष्ण गोपाल श्रेष्ठले साउनभित्र काठमाडौंमा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य चाहिने भएपछि ज्येष्ठ नागरिकका लागि पीडादायी भएको उल्लेख गर्दै उत्त मिति सार्न आग्रह गरेको हो । श्रेष्ठले ज्येष्ठ नागरिकलाई सेवा लिन सहजीकरण गर्नको लागि गृह प्रशासनको ध्यानाकर्षण गराएको बताए ।

‘सामाजिक सुरक्षाभत्ता भनेर ज्येष्ठ नागरिकहरुले पाइरहेको भत्ता लिन उपत्यकामा साउन मसान्तभित्र राष्ट्रिय परिचयपत्रमा दर्ता हुनुपर्ने जुन अनिवार्यता छ । तोकिएको समयभित्र राष्ट्रिय परिचयपत्र प्राप्त गरेर नम्बर लिन नसके भत्ता लिन नपाउने कुरा छ । यो पीडाको विषय भयो, यसलाई व्यवहारिक र गृह प्रशासनले सहजीकरण गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ,’ श्रेष्ठले भने । यस्तै, श्रेष्ठले ध्यानाकर्षणपछि गृहमन्त्रीले सकारात्मक रुपमा लिएको र सहजीकरण गर्ने पहल गर्ने बताए ।

उनले भने, ‘गृहमन्त्रीले हाम्रो कुरालाई सकारात्मक तरिकाबाट लिनु भएको छ । यसमा कुनै पनि हालतमा व्यवहारिक रुपमा समस्या उत्पन्न गर्न नदिने गरी हामिले दिएको सुझावलाई कार्यान्वयनको तहदेखि आवश्यकता परेको सम्म काम गर्न तयार छु भन्नु भयो ।’

सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट दिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने निर्णय गरेको थियो । यस्तो सार्वजनिक सेवाभित्र सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र निवृत्तिभरण सुविधा, राजस्व सम्बन्धी (व्यक्तिगत आयकर दर्ता) सवारी चालक अनुमति पत्र, कम्पनी दर्ता तथा नवीकरण जस्ता सुविधाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस