२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस–‘जीवन बचाऔँ’ 

अ+ अ-

काठमाडौँ । आज जुन २६ तारिख अथार्त् अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदै छ । 

यस वर्ष ‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउन लागिएको हो । यो दिवस मनाउनुको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

आज नेपाल प्रहरीले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध जनचेतना जगाउन सचेतनामूलक र्‍याली निकाल्दै छ । साथै,  प्रहरीले वर्षभरि नेपालका भएका घटनाको विवरण समेत सार्वजनिक गर्दै छ । यस्तै, सरोकारवाला अन्य निकायले समेत सचेतनामूलक विषयमा छलफल कार्यक्रम आयोजना गर्दै छन् । 

हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने निर्णय संयुक्त राष्ट्र सङ्घको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख छ । 

विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता र कारोबारीहरू युवा वर्ग नै रहेका छन् । राष्ट्रका निधि उनीहरूलाई लागू औषधको कुलत र अपराध कर्ममा संलग्न हुनबाट रोक्नु सभ्य समाजको निर्माणमा योगदान गर्नु हो । 

किनभने युवाहरू लागू औषधको प्रयोगमा लागे भने उनीहरूलाई कुलतबाट छुटकारा दिलाउन अत्यन्त कठिन र जोखिमपूर्ण हुने गरेको मनोविज्ञहरुले धारणा राखेका छन् ।  

विश्वमा पछिल्लो एक शताब्दीबाट लागुऔषधको कारोबार र त्यसको प्रयोग गर्नेको संख्या धेरै बढेको पाइन्छ । लागुऔषधको असन्तुलित प्रयोगले मात्र विश्वमा हरेक वर्ष १लाख ९० हजार जनाको ज्यान जाने गरेको तथ्याङ्क छ । 

सन् २००१ मा भारतमा सरकार र अल इन्डिया मेडिकल स्कुलले गरेको संयुक्त सर्वेक्षणले करिब ७ करोड २५ लाख मान्छेले लागुऔषधको प्रयोग गर्ने गरेको निष्कर्ष निकालेको थियो । त्यसको दुई दशक बढी समय बितिसक्दा उक्त संख्या दोब्बर भन्दा धेरै भएको अनुमान छ । 

खुल्ला सिमानाका कारण नेपालका सीमा क्षेत्रसँग जोडिएका जिल्ला लागू औषधको कारोबार गर्ने सुरक्षित स्थल जस्तै बन्दै गइरहेको पाइन्छ भने सीमा नाकाबाट दैनिक लागूऔषध कारोबार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको खबर सार्वजनिक भइरहन्छन् । यस्तै, त्यसको प्रयोगले एकातिर प्रयोगकर्ता प्राणघातक रोगका सिकार हुने गर्दछन् भने उनीहरू विभिन्न अपराधिक कार्यमा संलग्न हुँदा भविष्य नै जोखिममा परेको छ ।  अर्कातिर समाजमा अपराधिक गतिविधि बढ्दै गइरहेको पाइन्छ  । नेपालमा पनि सन् १९६० पछि लागुऔषधको कारोबार र प्रयोग बढ्दै गइरहेको पाइन्छ । 

नेपालका विभिन्न शहरहरुमा स्थापना गरिएका सुधार केन्द्र र नेपाल प्रहरीको समाचार बुलेटिनले पनि धेरै हदसम्म उक्त कुराको पुष्टि हुन्छ । 

तसर्थ यो समस्या न्यूनीकरण गर्न तीनै तहका सरकार, परिवार, समुदाय र सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस