काठमाडौँ । बागमती प्रदेश सरकारले स्थानीय तहलाई व्यवसायको प्रकृतिअनुसार मनोरञ्जन कर लिन आग्रह गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले व्यवसायीले टिकट वा अन्य माध्यमबाट आम्दानी गरेको भए त्यसको आधारमा मनोरञ्जन कर तिर्न आह्वान गरेको हो ।
गत जेठमा रात्रिकालीन व्यवसायीहरूले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा व्यवसायीलाई भार पर्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए ।
रात्रिकालीन व्यवसायीहरूले पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा सम्पूर्ण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने भन्दै करको भारी नबोकाउन अनुरोध गरेका थिए ।