३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले भने-लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ छ

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भू–भाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

‘नेपाल सरकार नेपाल(भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ,’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने ।

आफूले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया पाउँदै आएको बताए ।

नेपालको सीमाका विषयमा नेपालीहरुका बीचमा अभूतपूर्व राष्ट्रिय सहमति कायम रहेको पनि उनले बताए ।

‘नेपालको अन्तर्राष्ट्रिय सीमाबारे सम्मानित सदन, माननीय सदस्यहरू, नेपाल सरकार र हामी सबै नै स्पष्ट र दृढ छौँ । यस विषयमा हाम्रो अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । यसको उदाहरण २०७७ असार ४ गते संविधान संशोधनमार्फत नयाँ नक्सा समेटी नेपालको निसान छाप अद्यावधिक गरिनु रहेको उनले बताए ।

तर, नयाँ नक्सा अनुसारको भूभागमा नेपालको भोगाधिकार स्थापित हुन नसकेको भनेर प्रश्न उठ्दै आएको छ । जवाफमा प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाल–भारतका दुई पक्षीय संयक्र क्रियाशील गराएर समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस