२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपहिरोबाट तनहुँमा मात्र सात हजार प्रभावित हुने अनुमान

अ+ अ-

दमौली । यस वर्षको बाढीपहिरोबाट तनहुँमा सात हजार प्रभावित हुनसक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले तयार गरेको आपत्कालीन प्रतिकार्य योजना २०८१ अनुसार यस वर्षको मनसुनबाट जिल्लामा सात हजार मानिस प्रभावित हुनसक्ने अनुमान गरिएको हो ।

गण्डकी प्रदेशमा यस वर्ष १५ हजार नौ सय ६९ घरका ७० हजार प्रभावित हुने आकलन गरिएको बताउँदै तनहुँलाई यस वर्ष पहिराको उच्च जोखिमका रुपमा राखिएको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष जनार्दन गौतमले जानकारी दिए । “विभिन्न तथ्याङ्कका आधारमा वैज्ञानिक विधिबाट विश्लेषण गरी निश्चित अवधिमा विपद्बाट प्रभावित हुनसक्ने जनसङ्ख्याको पूर्वानुमान गरिएको छ । जिल्लामा अरु विपद्भन्दा पहिराबाट बढी जोखिम देखिन्छ”, उनले भने ।

प्रजिअ गौतमका अनुसार सन् २०१० देखि २०२० सम्म गृहमन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कका आधारमा यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने जनसङ्ख्या करिब १२ लाख ५० हजार रहेको छ । उनले भने, “यस वर्षको मनसुन जेठ अन्तिम सातादेखि सुरु भई असोजको दोस्रो सातासम्म रहने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ । विपद्को क्षति न्यूनीकरणका लागि हामी आजदेखि तयारी अवस्थामा जुटेका छौँ ।”

जिल्लाका चार नगरपालिका र छ गाउँपालिका पहिराको उच्च जोखिममा छन् । पहिरापछि बाढी, आगलागी, महामारी, सुक्खा खडेरी, सडक दुर्घटना र चट्याङ तथा हुरीको जोखिम रहेको प्रजिअ गौतमको भनाइ छ । प्रतिकार्य योजनामा उल्लेख भएअनुसार जिल्लाका १० पालिकाका ८५ वडामध्ये ४८ वडा पहिराका जोखिममा रहेका उनले बताए ।

विपद् व्यवस्थापन समितिले जुनसुकै बेला विपद् आइपर्छ भन्ने तथ्यलाई ध्यानमा राखी विपद् आउनुपूर्व नै आवश्यक स्रोतसाधनको व्यवस्थासहित तयारी अवस्थामा बसेको प्रमुख जिल्ला अधिकारी गौतमको भनाइ छ । उनका अनुसार प्रशासन कार्यालयले सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको संयोजकत्वमा जिल्ला विपद् सहायता कक्ष सञ्चालनमा ल्याइसकेको छ ।

समितिमा कालीभञ्जन गण ९इ० का सेनानी कुसुम पहाडी, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार राय, सशस्त्र प्रहरी बल नेपाल नं २३ गण मनकामना भानुका प्रहरी नायब उपरीक्षक प्रकाश पौडेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत रेमण्ड पोख्रेल, नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री सूर्यचन्द्र हड्खले, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्ललगायत सदस्य रहेका छन् ।

प्रतिकार्य योजनामा सबै निकायको जिम्मेवारी तोकिएकाले विपद्को बेला सबै निकाय सक्रिय भएर खट्ने प्रजिअ गौतमको भनाइ छ । उनले भने, “हरेक वर्ष प्रस्तुत योजनालाई समयानुकूल अद्यावधिक गर्दै लैजानुपर्ने हुँदा साबिक मनसुन, शीतलहर, आगलागी, चट्याङ, महामारी, आँधीलगायत लागि प्रतिकार्य आपत्कालीन कार्य योजना २०८१ तर्जुमा गरिएको छ ।”

प्रजिअ गौतमका अनुसार विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि जोखिमका क्षेत्र र जनशक्तिको क्षमता विश्लेषणका आधारमा आठवटा विषयगत क्षेत्र निर्धारण गरिएको छ । यस योजनाअन्तर्गत जोखिमका समयमा खटिने सहयोगी संस्था र प्रतिनिधिको भूमिका तथा जिम्मेवारी स्पष्ट रुपमा पहिचान गरेको उनले बताए ।