काठमाडौँ । न्याय सेवा आयोगले लिएको लिखित परीक्षामार्फत आठ जिल्लाका न्यायाधीश सिफारिस भएका छन् ।
आयोगको असार ९ गतेको निर्णयानुसार उम्मेदवारहरूले प्राप्त गरेको कूल अंकको आधारमा योग्यता क्रमअनुसार ८ जना जिल्ला न्यायाधीश नियुक्तका लागि सिफारिस गरिएको जनाएको छ ।
जसमा ४ जना खुल्ला र ४ जना आन्तरिक खुल्ला प्रतिस्पर्धाबाट सिफारिस भएका छन् । सिफारिस हुनेहरूमा कमलकान्त जोशी, बसन्तराज जोशी, नीतिज राई, चन्द्रमणि चापागाईँ खुल्लाबाट उत्तीर्ण भएका छन् भने नारायण सापकोटा, मनिराम ज्ञवाली, अन्जनराज सापकोटा र तिलक कार्की आन्तरिक खुल्लाबाट सिफारिस भएका हुन् ।
