बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट « प्रशासन
Logo ४ श्रावण २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट


९ असार २०८१, आइतबार


काठमाडौँ । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि झण्डै ३ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

आइतबार उपप्रमुख सावित्रा अर्यालले नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा आइतबार २ अर्ब ९९ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा चालुतर्फ ४८ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत विनियोजन गरिएको छ । चालु आर्थिक वर्षका लागि बुटवल उपमहानगरले २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

बुटवल उपमहानगरपालिकाले ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ । बजेटको बाँकी स्रोत भने संघीय सरकारले दिने अनुदान नै रहेको छ ।

निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी बुटवल उपमहानगरपालिका-११ मा १०० बेडको नगर अस्पताल स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड रुपैयाँ, नगर मातहतका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन १ करोड रुपैयाँ बजेट विनियोजन छ ।

शैक्षिक संस्थाहरूको भौतिक पूर्वाधार विकासको लागि पूर्वाधार विकास कार्यक्रम अन्तरगत ५ करोड रुपैयाँ छुट्याइएको छ ।

छोरी पढाऔँ, समाज बनाऔँ कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्ष्टिच्युटसँगको सहकार्यमा ४० जना छात्राहरूलाई निःशुल्क प्राविधिक शिक्षा दिन २५ लाख रुपैयाँ छुट्याइएको छ ।

लुम्बिनी बस टर्मिनलमा विद्युत्, खानेपानी, खाजाघर, शौचालय र स्नानघर, वाईफाई र विश्रामस्थल निर्माण गर्न १ करोड तथा बुटवल चिडियाखोलादेखि योगीकुटीसम्म, धागो कारखानादेखि तिनाउ पुलसम्म ट्राफिक लाइट जडानका लागि ४ करोड रुपैयाँ बजेटमा राखिएको छ ।

बजेटमा जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध सङ्ग्रहालयलाई नगरको गौरव सम्पदाका रूपमा प्रवर्द्धन गर्ने उल्लेख छ । जितगढी किल्ला नजिकै देवभूमि तिनाउ आरती केन्द्र स्थापनाका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बुटवललाई पर्यटकीय विश्राम स्थलका रूपमा स्थापित गर्दै पर्यटक आगमनलाई वृद्धि गर्न बुटवल भ्रमण वर्ष मनाउन ५० लाख बजेट छुट्याइएको छ । बुटवलदेखि नुवाकोट जाने पैदल मार्गका लागि १ करोड, पैदल मार्गमा शिव मूर्ति बनाउन १ करोड रुपैयाँ र हिल पार्कमा बुद्ध मूर्ति बनाउन १ करोड रुपैयाँ छुट्याइएको छ ।

नगरप्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रमका लागि ३ करोड, बिक्री केन्द्र स्थापनामा प्रोत्साहन गर्न १ करोड र महिला उद्यमी आत्मनिर्भर कार्यक्रमका लागि ५० लाख बजेट छुट्याइएको छ ।

बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको खानेपानी ल्याउने व्यवस्था मिलाउन मुहान क्षेत्रका बासिन्दालाई लाभ हुने गरी तिनाउ गाउँपालिकामार्फत विकास गर्न २ करोड रुपैयाँ छुट्याइएको छ ।

मुख्य चोक, चौराहामा विश्राम चौतारी, फल्चा, परम्परागत प्रतीक्षालय बनाउन २ करोड, छाडा चौपाया व्यवस्थापनका लागि अस्थायी संरचना, विश्रामस्थल, ध्यान केन्द्र, योग केन्द्र निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।

१७ वटा वडाको समग्र विकासका लागि १६ करोड ५० लाख रुपैयाँ तथा बुटवल वडा नम्बर १४ देखि १९ का छ वटा वडालाई १–१ करोड विशेष बजेट छुट्टाइएको छ ।

खेलकुदमा बुटवल-१६ डहरगाउँमा क्रिकेट मैदान निर्माण गर्न १ करोड र बुटवल १३ को जवई खेलमैदान जाने सडक निर्माण गर्न १ करोड छुट्याइएको छ ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व रहेको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागि ३५ लाख रुपैयाँ छुट्याइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस