२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्कृष्ट करदाता सम्मानित

अ+ अ-

त्रिशूली (नुवाकोट) । जिल्लाको विदुर नगरपालिकाले सबैभन्दा धेरै कर तिर्ने १३ जना करदातालाई ‘उत्कृष्ट करदाता’ का रूपमा सम्मान गरेको छ । शुक्रबारदेखि सुरु भएको विदुरको १५औँ नगरसभाको अधिवेशनमा कर बुझाउनेमध्ये प्रत्येक वडाबाट एक जनाका दरले उत्कृष्ट करदातालाई सम्मान गरिएको हो ।

सभाध्यक्ष एवं नगरप्रमुख राजन श्रेष्ठका अनुसार पालिकामा रहेका १३ वडाबाट सबैभन्दा बढी कर बुझाउने १३ जना व्यवसायीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा वडा नंं. १ बाट किरण खतिवडा, २ बाट भुवनलाल राजभण्डारी, ३ बाट मङ्गले श्रेष्ठ, ४ बाट भगवानराज श्रेष्ठ, ५ बाट मनमैजु इन्डस्ट्रिज प्रालि, ६ बाट सरस्वती धिताल लामिछाने र ७ बाट भैरवबहादुर भण्डारी छन् ।

वडा नं. ८ देखि १३ बाट क्रमशः शिवप्रसाद अधिकारी, जितेन्द्रमान श्रेष्ठ, प्रकाश खतिवडा, निलप्रसाद चालिसे, अर्जुनप्रसाद रिमाल र अम्बरबहादुर तामाङ सम्मानित हुनुभएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

विदुरले करको आकार बढाउने भन्दा दायरा बढाउँदै करदातालाई आकर्षित गर्ने र आन्तरिक श्रोत बढाउने लक्ष्य अनुरूप आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरी कार्यान्वयनका लागि बजेट विनियोजन गरिने नगर उपप्रमुख प्रभा बोगटीले बताइन्।

शुक्रबारदेखि सुरु भएको नगरको अधिवेशनले नीति तथा कार्यक्रमलाई संशोधनसहित पास गरिसकेको छ । रु. एक अर्ब ११ करोड हाराहारीको अनुमानित बजेटमाथिको छलफल जारी रहेको उपप्रमुख बोगटीले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस