२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झलनाथ खनालले भने-महाधिवेशनबाट नेकपा एसले सक्षम र गतिशील नेतृत्व पाउँछ

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औँ महाअधिवेशन नेपाली कम्युनिष्ट आन्दोलनकै इतिहासमा महत्त्वपूर्ण हुने दाबी गरेका छन् ।

महाधिवेशनका लागि हिजो देश र प्रवासमा समेत महाधिवेशन प्रतिनिधिहरू निर्वाचन सम्पन्न भएपछि आसन्न महाअधिवेशनलाई ऐतिहासिक हुने बताए ।

पार्टीका दस्ताबेजहरूका अतिरिक्त नेपालको समाजवादी क्रान्ति र रूपान्तरणको ऐतिहासिक कार्यक्रम समेत पारित गर्ने उल्लेख गरेका छन् ।

नेता खनालको विज्ञप्तिमा भनिएको छ, ‘जुन कार्यक्रमले पार्टी र समाजवादी क्रान्तिलाई सिङ्गो कालखण्ड भरि मार्गदर्शन गर्नेछ । त्यसैका आधारमा हाम्रो पार्टीका कार्यदिशा, नीति र सिद्धान्तहरू अझ परिष्कृत र परिमार्जित हुँदै जानेछन्। त्यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई सर्वदा नयाँ उचाइमा उठाउने छ । त्यसैले यो महाधिवेशनका लागि निर्वाचित सबै कमरेडहरूका काँधमा अत्यन्त ठुलो जिम्मेवारी आएको छ ।’

सबैले पार्टीका कार्यदिशा, नीति र सिद्धान्तलाई क्रान्तिकारी जगमा उठाउन, वैज्ञानिक समाजवादको कार्यक्रमलाई पारित गराउन, पार्टीलाई वैचारिक र संगठनात्मक दुवै हिसाबले दक्षिणपन्थी यथास्थितिवादबाट मुक्त गराउन र सबै प्रकारका वैचारिक भ्रमहरूबाट मुक्त नयाँ क्रान्तिकारी, सक्षम र गतिशील नेतृत्व निर्माण गर्न अझै अहम् भूमिका निर्वाह गर्नुपर्ने बताए।

नेकपा एसको महाधिवेशन असार १६ गते काठमाडौंमा सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस