१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाडाँचक्रका प्रमुख प्रशासकीय अधिकृत र लेखापालले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । कालिकोटको खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखापाल धिर बहादुर शाहीले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

उनीहरूले बुधवार जिम्मेवारीबाट राजीनामा दिएका हुन् । जनप्रतिनिधिको दबाब र काम गर्न सक्ने वातावरण नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । लेखापाल शाहीले भने, ‘बजेट एउटै छ । एउटै बजेटलाई कता कति तान्ने ? करारका कर्मचारीले पुसदेखि तलब पाएका छैनन् । अर्को तोक लागेका योजनाको पनि भुक्तानी दिनुपर्ने । दुवै काम एउटै बजेटबाट गर्न सक्ने अवस्था रहेन र जिम्मेवारीबाट राजीनामा दिएको हुँ ।’

लेखापाल शाहीले यसबारे नगरप्रमुख कमल बहादुर शाहीलाई पनि पटक पटक जानकारी गराएका थिए । कार्यपालिकाको बैठकमा पनि यो विषय जानकारी गराएको लेखापाल शाहीले बताए । तर, समस्याको समाधान नभएपछि राजीनामा दिएको उनको भनाइ छ । गत जेठ २ गते नै राजीनामा दिने तयारीमा रहेका लेखापालले बुधवार निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंगसँगै राजीनामा दिएका हुन् ।

गैरकानूनी रूपमा भुक्तानी दिन बाध्य बनाउने, योजनामा काम गरेर खर्च गरिसक्ने समयमा योजना बाँडफाँड गर्ने, बजेट र रकम बिनै आफ्ना कार्यक्रमलाई सिफारिस गर्न बाध्य पार्ने जस्ता कार्यहरू गर्न नसकिने भएपछि उनीहरूले राजीनामा दिएको बताइएको छ । आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल जिम्मेवारीबाट बाहिरिएपछि उपभोक्तादेखि सेवाग्राहीसम्म प्रभावित भएका छन् ।

नगरप्रमुख कमल बहादुर शाहीले कर्मचारीहरूको राजीनामा बारे बुझ्न बाँकी रहेको प्रतिक्रिया दिए । उनले भने, ‘यो बुझ्न बाँकी छ । अहिले कार्यपालिकाको बैठक चलिरहेको छ । यो बारे बुझ्न बोलाएको छु । म बुझ्छु ।’

प्रतिक्रिया दिनुहोस