२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्वाइस गभर्नर हान्बिङ र गृह सचिव अर्यालबीच भेटवार्ता, सीमा सुरक्षा लगायत विषयमा छलफल

अ+ अ-

काठमाडौँ । गृह सचिव एकनारायण अर्याल र चीनको सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङबीच भेटवार्ता भएको छ ।

गृह सचिव अर्यालको निमन्त्रणमा हान्बिङको नेतृत्वमा आएको पाँच सदस्यीय चिनियाँ टोलीले गृह सचिव अर्याल नेतृत्वको प्रतिनिधिमण्डलसँग द्विपक्षीय छलफल गरेको छ । 

बुधवार दिउँसो गृह मन्त्रालयमा भएको भेटघाटको सुरुवात गर्दै गृह सचिव अर्यालले नेपाल सरकार र सिचुवान प्रान्तीय सरकारबिच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै सीमा सुरक्षा लगायत दुवै देशको सामाजिक, आर्थिक एवं पारस्परिक हितका विषयमा जोड दिए ।

सीमा सुरक्षामा समन्वय एवं सहकार्यमा जोड दिँदै गृह सचिव अर्यालले पूर्वाधार विकासमा चीनको सहयोगको उच्च प्रशंसा गरे । सचिव अर्यालले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा नेपाल सरकार र चीनबिच भएको विपद् जोखिम न्यूनीकरण र आपत्कालीन प्रतिकार्यमा सहयोगसम्बन्धी समझदारी पत्र कार्यान्वयनमा ध्यानाकर्षण गराउँदै थप सहयोगको अपेक्षा रहेको बताए । 

गृह सचिव अर्यालले सीमापार अपराध नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिने दुवै देशका सुरक्षा अधिकारीहरूको बीचमा सहकार्य हुनुपर्ने धारणा राखे । उनले विपद् बाट हुने क्षति नियन्त्रणका लागि पूर्व सूचना प्रणालीको आवश्यकता माथि जोड दिए। यसका साथै विपद् पूर्व सूचना तथा प्रतिकार्यका लागि प्रविधि तथा उपकरणको सहयोगको अपेक्षा रहेको बताए । नेपाली सुरक्षा निकायको क्षमता अभिवृद्धि र आधुनिकीकरणमा निरन्तर सहयोग गर्न उनको आग्रह थियो ।

सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङले सीमामा अवैध गतिविधि नियन्त्रण र व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, नेपालमा चिनियाँ लगानीको संरक्षण र विशेष गरी सीमावर्ती क्षेत्रमा वन्यजन्तु अपराध नियन्त्रणमा कानुन कार्यान्वयनमा जोड दिए । 

चिनिया प्रतिनिधि मण्डलले गृहमन्त्री लामिछाने सँगसमेत भेट गरेको छ । भेटमा सुरक्षा सम्बन्धलाई सुदृढ गर्ने र द्विपक्षीय सहयोग प्रवर्द्धन गर्ने विषयमा छलफल भएको छ । विपद् व्यवस्थापन सम्झौता कार्यान्वयन, नेपाली सुरक्षा निकायलाई सहयोग र सीमा व्यवस्थापन लगायतका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । 

गृह सचिव अर्यालले हान्बिङ र चिनियाँ प्रतिनिधिहरूको सम्मानमा दिउँसो दिवा भोजको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस