आधारभूत स्वास्थ्य र विशिष्टिकृत सेवा सबल बनाउन काम गरिरहेका छौँ : स्वस्थ्यमन्त्री यादव « प्रशासन
Logo ८ श्रावण २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आधारभूत स्वास्थ्य र विशिष्टिकृत सेवा सबल बनाउन काम गरिरहेका छौँ : स्वस्थ्यमन्त्री यादव


५ असार २०८१, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आधारभूत स्वास्थ्य सेवा र विशिष्टिकृत सेवा सबल बनाउन मन्त्रालयले दत्तचित्त भएर काम गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत स्वास्थ्य मन्त्रालयका विनियोजित शीर्षकबारे छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेकाले त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

उनले सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउन सरकारको नीतिअनुसार मन्त्रालयले आवश्यक कार्य गरिरहेको बताए । उनले भने, “पछिल्ला वर्षमा स्वास्थ्य सेवाको पहुँच बढिरहेको छ । भौतिक पूर्वाधार निर्माणमा सोचेअनुरूप काम नभए पनि धेरै उपलब्धि हासिल गरेका छौँ, थप कार्य गर्न मन्त्रालय दृढ छ । यसका अतिरिक्त जटिल रोगका उपचार र सरकारी अस्पतालमा विशेषज्ञ सेवा विस्तारका योजनाबद्ध रूपमा काम अगाडि बढाइएको छ ।”

मन्त्री यादवले अस्पताल तथा फार्मेसीको चुस्त व्यवस्थापन गरी भीड व्यवस्थित गर्न, शल्यक्रिया, बहिरङ्ग सेवा (ओपिडी) लगायत सेवालाई सहज र सरल बनाउन अनुगमन गरी समस्या पहिचान तथा समस्या समाधानका लागि कमिटी गठन गरी काम सुरु गरेको जानकारी  दिए । 

ओपिडीको लामो लाइन व्यवस्थित गर्न यो वर्षको बजेटमा संघीय ठुला अस्पतालमा दुई सिफ्ट ओपिडी सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै स्वास्थ्य बिमामार्फत पाइने औषधि तथा पूर्णरुपमा पाउने अवस्था बनाउन  मन्त्रालय गम्भीर रहेको उनको भनाइ थियो । औषधि खरिद प्रक्रिया र औषधि गुणस्तरको ग्यारेण्टीका विषयमा उनले भने, “अहिले जुन प्रणाली छ पक्कै पनि गुणस्तरमा कहीँ न कहीँ समस्या छ, त्यसमा जनशक्ति र प्रयोगशाला कमीजस्ता कारणहरू छन् । समस्या समाधानका लागि सातै प्रदेशमा प्रयोगशाला निर्माण गरी परीक्षण तथा  औषधिको गुणस्तर जाँच गर्ने हाम्रो योजना छ ।”

मन्त्री यादवले निर्माणका चरणमा रहेका आधारभूत अस्पतालको शीघ्र निर्माण गर्न मन्त्रालयले व्यवस्थापकीय कार्य गरिरहेकोसमेत जानकारी दिए । “छ सय ५५ स्थानीय तहमा निर्माण गरिने पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालमध्ये पहिलो चरणमा तीन सय ९६, दोस्रोमा दुई सय ५९ को निर्माण कार्य अघि बढेको छ । चार सय १३ वटा अस्पतालमा निर्माणका चरणमा छन्, ४७ वटा निर्माण भइसकेका छन् । आगामी आवमा थप ५० वटा अस्पताल निर्माण सम्पन्न हुने छन्”, उनले भने ।

मन्त्री यादवले दिएको जवाफको स्पष्टीकरण माग गर्दै सांसदहरु रामहरि खतिवडा, बीना लामा, सीता मिजार, रोशन कार्की, डा. तोसिमा कार्की, जावेदा खातुन जागा, अशोककुमार चौधरी, रञ्जुकुमारी झा, ठाकुर गैरे, प्रेम सुवाल, सपना राज भण्डारी, दीपा शर्मालगायतले आफ्ना धारणा राख्नुभएको थियो । उनीहरूले सुझावबारे स्पष्ट जवाफ नआएको र केहीको धारणा नसमेटेको गुनासो गरे । 

प्रतिनिधि सभाको आजको बैठकमा स्वास्थ्य मन्त्रालयसहित आठ मन्त्रालयका विनियोजित शीर्षकमाथि उठेका प्रश्नबारे मन्त्रीहरूले जवाफ दिने कार्यसूची थियो तर अन्य मन्त्रीले आज जवाफ दिन पाएनन् । मन्त्रालयसँग सम्बन्धित काम विशेषले अन्य मन्त्रीले जवाफ दिने कार्यसूची कारणबस हटाइएको र अर्को बैठक असार ६ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी गराएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस