१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् । मंगलबार वर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदुत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए । 

राष्ट्रपति पौडेल कतारबाट पनि नेपालकालागि उडिसकेका छन् । पौडेल अहिले बिहान १०: ४५ बजे काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । भ्रमण दलमा प्रथम महिला सविता पौडेल, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्च अधिकारीको पनि सहभागिता छ । 

राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा सुरेशराज चालिसेले राष्ट्रपतिको यो भ्रमणले बदलिँदो परिवेशमा नेपालको सम्बन्ध विश्वस्तरमा विस्तार र सुदृढ गर्न महत्वपूणर् सन्देश प्रवाह गरेको बताए । लामो समयपछि यूरोपका प्रभावशाली मुलुकका राष्ट्र प्रमुखस्तरमा भएको यो भेट ऐतिहासिक भएको बताउँदै डा चालिसेले आइएलओमा राष्ट्रपति पौडेलको सहभागिताले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनमा नेपालको ऐक्यवद्धता प्रदर्शित भएको बताए । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जर्मन र स्वीट्जरल्याण्डको भ्रमण अत्यन्त सफल तथा फलदायी भएको बताए । साथै, अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यक्रममा राष्ट्रपतिबाट भएको सम्बोधनमा व्यक्त विचारले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित एवम विस्तार गराउन महत्वपूणर् योगदान दिएको उनको भनाइ छ । 

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरसँग भेटवार्ता गरेका थिए भने दुईदेश बीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको थियो । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो । सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ । जर्मनीका राष्ट्रपतिको मैत्रीपूणर् निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका थिए । 

जर्मनीमा रहँदा राष्ट्रपति पौडेलले आइतबार जर्मनीका विज्ञान प्रविधि तथा अनुसन्धानसँग सम्बन्धित विभिन्न संस्थाहरूको अवलोकन गरे भने अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन आग्रह गरे । 

उनले सोमबार तत्कालीन पूर्वी र पश्चिम जर्मनी बीचको भत्किएको पर्खालसहितका ऐतिहासिक स्थलको अवलोकन गरे । 

वर्लिन जानुअघि राष्ट्रपति पौडेलले स्वीटजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए । राष्ट्रपति पौडेलको यो पहिलो औपचारिक विदेश भ्रमण हो । पौडेल जेठ २९ गते मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस