सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुला « प्रशासन
Logo ९ श्रावण २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुला


३२ जेष्ठ २०८१, शुक्रबार


भक्तपुर । बिदाका दिन सरकारी कार्यालयमा सेवाग्राही नआउँदा अधिकांश कार्यालय सुनसान देखिएका छन् ।

गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेसँगै देशभर यस्ता कार्यालयहरू खुल्ने गरेका छन् । भक्तपुरमा पनि यस्ता कार्यालयहरू खुल्ने र कर्मचारीले सेवा दिने गरेको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताएकी छिन् । 

शनिवार बाहेकका अन्य चाँडबाँड तथा पर्वलगायतका सार्वजनिक बिदाका दिन जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रसम्बन्धी सबै काम हुने उनले बताइन् । सेवा दिने कार्यालयमा कर्मचारी सेवाग्राहीको प्रतीक्षामा बसे पनि सेवाग्राहीको आगमन भने कमै हुने गरेको उनको भनाई छ । 

सेवाग्राहीलाई सार्वजनिक बिदाका दिनमा कार्यालय खुल्छ र सेवा पाइन्छ भन्ने धेरैलाई थाहा नहुँदा सेवाग्राहीको आगमन कम हुँदा त्यस्ता दिनमा यस्ता कार्यालय सुनसान हुने गरेको उनले बताइन् । नापी र मालपोत कार्यालय सार्वजनिक बिदामा पनि खुला हुने गरेका छन् । सरकारले उभौली पर्व-चण्डीपूर्णिमा, बुद्धजयन्ती, गणतन्त्र दिवस, गाईजात्रा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, इन्द्रजात्रा, घटस्थापना, क्रिसमस डे, किरात समुदायको उधौली पर्व, योमरी पुन्ही–ज्यापू दिवस, तमुल्होसार, बुद्धजयन्ती, माघी पर्वमा अत्यावश्यकीय सरकारी कार्यालय खुला गर्ने निर्णय गरेसँगै यस्ता कार्यालयमा सार्वजनिक बिदामा पनि सेवा प्रवाह हुने गरेका छन् ।

त्यस्तै प्रजातन्त्र दिवस, महाशिवरात्रि, अन्तर्राष्ट्रिय महिला दिवस, घोडेजात्रा, इद उल फित्र, बकर इद र मच्छिन्द्रनाथको भोटो देखाउने जात्रालगायतका सार्वजनिक बिदामा पनि सरकारी कार्यालय खुल्ला रहने गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, “बिदाको दिनमा हामीले कर्मचारीको एउटा युनिट राखेका हुन्छौँ । सेवा दिइरहेका हुन्छौँ । सार्वजनिक बिदामा दिनमा निकै कम काम हुन्छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस