१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइसीसी टी-२० विश्वकप : समूह सीबाट वेस्टइन्डिज र अफगानिस्तान सुपर एटमा

अ+ अ-

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटमा समूह ‘सी’ बाट सुपर एटमा पुग्ने दुवै टिमको टुंगो लागेको छ । वेस्टइन्डिज यसअघि नै तीन खेल जित्दै सुपर एटमा पुगी सक्दा शुक्रबार भएको खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ७ विकेटको जित निकाल्दै अफगानिस्तानले पनि सुपर एटमा स्थान पक्का गर्न सफल भयो । योसँगै न्युजिल्याण्ड, युगान्डा र पीएनजी प्रतियोगिताबाट बाहिर भएका छन् । 

अफगानिस्तान र वेस्टइन्डिज दुवै टिमले समान तीन–तीन जित निकाल्दा रनरेटका आधामा अफगानिस्तान शीर्ष स्थानमा रहेको छ । अब यी दुईको समूह चरणको अन्तिम खेलबाट पहिलो र दोस्रो टिमको टुंगो लाग्ने छ । 

अफगानिस्तानले शुक्रबार पीएनजीलाई ७ विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको पीएनजीले १९.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो । किप्लिन डोरिगाले सर्वाीधक २७ रन बनाउँदा एले नओले १३ रन जोडे । यस्तै ओपनर टोनी उराले ११ रन बनाउँदा अरूले दोहोरो अंकमा स्कोर गरेनन् । तीन खेलाडीले खाता खोल्न असफल रहे ।

अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट लिँदा नभिन उल हकले २ विकेट हात पारेका थिए । नुर अहमदले एक विकेट लिँदा पीएनजीका चार खेलाडी रन आउट भए ।

९६ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानको सुरुआत भने खराब रहेको थियो । ८ रन हुँदा इब्राहिम जर्दान खाता नै नखोली आउट भएका थिए । त्यसपछि २२ रन हुँदा अर्का ओपनर रमनुल्लाह गुर्वाज ७ बलमा ११ रन बनाएर आउट भए ।

गुलावद्दिन नइब र अज्मतुल्लाह ओमरजाइले पारि सम्हालेका थिए । ८.४ ओरभमा ५५ रन बनेका बेला अज्मतुल्लाह १३ रन बनाएर आउट भए । गुलावदिन र मोहम्मद नावीले अन्त्यमा अफगानिस्तानलाई जिताए । गुलावदिनले ३६ बलमा ४९रनको नटआउट पारि खेल्दा दुई छक्का र चार चौका प्रहार गरे । यसैगरी नावीले २३ बलमा १६ रनको नटआउट पारि खेल्दा एक चौका प्रहार गरेका थिए ।

पीएनजीका एले नाओ, सिमो कामेरा र नोर्मान भानुआले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस