५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बङ्गलादेश र नेपालबीच पर्यटन प्रवर्द्धन गर्ने सम्झौता

अ+ अ-

काठमाडौँ । समुद्र सतहका पर्यटकहरूलाई शिखरसम्म पुर्‍याउने उद्देश्यले नेपाल र बङ्गलादेशका पर्यटन व्यवसायीहरूले बिहीबार राजधानीमा सम्झदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालका तर्फबाट नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया र टुर अपरेटर्स एसोसिएसन अफ बङ्गलादेश (टोअब) का तर्फबाट एमडी रफेउज्मानले सम्झदारपत्रमा हस्ताक्षर गरेका छन् ।

नाट्टा महासचिव युविका भण्डारीका अनुसार, दुवै संस्थाले नेपाल र बंगलादेशबाहेक तेस्रो मुलुकका पर्यटकहरूलाई आकर्षित गर्ने जनाएका छन् । दुबै मुलुकले पहिलो चरणमा प्रमुख गन्तव्यहरूमा परिचयात्मक भ्रमण (फ्याम ट्रिप) सञ्चालन गर्ने, नेपालका हिमाली क्षेत्रका गतिविधि तथा बंगलादेशको तटीय क्षेत्रका बासिन्दाहरूको जीवनशैलीलाई दुवै देशका टुर अपरेटर तथा सञ्चारमाध्यममार्फत प्रचार गर्ने, साहसिक तथा मनोरञ्जनात्मक गतिविधि विकास गर्ने, पर्यटकीय अवसरहरू विकास गर्न दुवै देशमा सम्मेलन र सेमिनारहरू आयोजना गर्ने उल्लेख गरिएको छ ।

दुवै देशका व्यवसायीहरूले पर्यटकीय बजार, व्यवस्थापनबारे मार्केटिङ अभियान सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय मेलाहरूमा सहभागिता जनाउने पनि समझदारी पत्रमा उल्लेख गरेका छन् । पर्यटक आगमन दरमा संसारका १ सय १९ मुलुकमध्ये बङ्गलादेश १ सय ९ औँ स्थानमा परेको थियो भने नेपाल ८० औँ स्थानमा रहेको छ ।

नेपाल भ्रमणमा आउने प्रमुख पर्यटकहरूमध्ये बङ्गलादेश उत्कृष्ट ५ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस