काठमाडौँ । न्याय सेवा आयोगले १४३ जना सरकारी वकिलहरूको एकै पटक सरुवा गर्ने निर्णय गरेको छ। आज बसेको न्याय सेवा आयोगको बैठकले सरकारी वकिल समूहतर्फ ठुलो सङ्ख्यामा सरुवा गरेको हो ।
सरकारी वकिल समूहको प्रथम श्रेणीका ५२ जनाको सरुवा गरेको छ भने द्धितिय श्रेणीतर्फ ९१ जनाको सरुवा गर्ने निर्णय गरेको छ।