वैचारिक मतभेद छैन, महाधिवेशनले पार्टीमा उपयुक्त नेतृत्व दिन्छ : राजेन्द्र पाण्डे « प्रशासन
Logo ४ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वैचारिक मतभेद छैन, महाधिवेशनले पार्टीमा उपयुक्त नेतृत्व दिन्छ : राजेन्द्र पाण्डे


२९ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीभित्र नेतृत्वका बीचमा वैचारिक मतभेद नभएको दाबी गरेका छन् ।

महाधिवेशनको मुखमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मतभेद बढ्दै गइरहेको बेलामा प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीमा वैचारिक मतभेद भएजस्तो नलागेको जिकिर गरेका हुन् ।

उनले भने, ‘वैचारिक मतभेद पनि भन्ने कुरा मात्रै हो । वैचारिक मतभेद भए छुट्टै दस्ताबेज बन्थ्यो होला । एउटै दस्ताबेज बनेको अनि वैचारिक मतभेद कहाँ भन्ने रु चुनावमा भोट लिने बेलामा दुईजना उम्मेदवार भएपछि यसले भन्दा मैले राम्रो कुरा गरेको छु भनेजस्तो मात्रै हो ।’

उनले महाधिवेशनले पार्टीका लागि उपयुक्त नेतृत्व चयन गरेर पठाउने बताए ।

उनले थपे, ‘महाधिवेशन पाँच(पाँच वर्षमा हुन्छ यसले नयाँलाई स्थापित गर्न पनि सक्छ । पार्टीको जीवनको महत्त्वपूर्ण अङ्ग हो । छलफलपछि को उपयुक्त हुन्छ त्यही व्यक्तिलाई महाधिवेशनले नेतृत्व बनाउँछ । सबै प्रतिनिधिले अहिले म उठ्छु भन्न पाउँछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस