२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीमा ‘फ्लोर क्रस’ गर्नेलाई निलम्बन गर्ने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गण्डकीमा फ्लोर क्रस गरेका सांसदलाई कारबाही हुने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री ‘प्रचण्ड’ विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै गण्डकीमा सांसद फणीन्द्र देवकोटाले संविधान र कानुनको मान्यता र मर्म विपरीत फ्लोर क्रस गरेको बताएका छन् ।

माओवादीको चुनाव चिन्ह लिएर जितेका नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद देवकोटाले माओवादी संसदीय दलको ह्विपविरुद्ध मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । उनले विश्वासको मत दिएसँगै पाण्डे नेतृत्वको सरकारले बहुमत पाएको थियो । उक्त विषय माओवादी केन्द्र अध्यक्ष प्रचण्डले कारबाहीको प्रक्रिया अगाडि बढेको बताएका हुन् ।

‘गण्डकीमा जसले संविधान र कानुनको मान्यता र मर्म विपरीत फ्लोर क्रस गरेका छन् । स्वभाविक रूपमा पार्टीले ह्विप जारी गरिसकेको थियो । ह्विप तोड्नेलाई त कारबाही हुन्छ । यो त आम रूपमा बुझिएकै कुरा हो । कारबाहीको प्रक्रिया अगाडि बढ्छ । निलम्बन हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस