१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाउन्नेको सडक अवरोध एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने

अ+ अ-

नवलपरासी । नारायणघाट-बुटवल सडक खण्ड अन्तर्गत दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने भएको छ ।

मनसुनजन्य विपद् सुरु भई सकेको अवस्थामा नारायणघाट-बुटवल सडक खण्डमा अवरोध हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै बढीमा एक घण्टाभित्र सडक सुचारु गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नारायणघाट-बुटवल सडक आयोजना र विनय-त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधिबिच भएको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा आयोजनाले तयार गरेको मनसुनको समयमा हुने राजमार्ग अवरोध हटाई यातायात सुचारु गर्ने कार्य योजनाको बारेमा जानकारी गराइएको थियो । पहिरो जोखिम क्षेत्रमा नियमित ढङ्गबाट सडक सुचारु गर्नका लागि यान्त्रिक उपकरण र मानवीय स्रोतको व्यवस्थापन आयोजनाले गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय नवलपरासी-बर्दघाट सुस्ता पश्चिम)का प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् । 

आयोजनाबाट उपलब्ध यान्त्रिक उपकरण र अपरेटरको विवरण जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)लाई आयोजनाले उपलब्ध गराउनुपर्ने छ । 

आयोजनाले यान्त्रिक उपकरणलाई विपद्को समयमा २४ घण्टा प्रयोग गर्न सक्ने गरी चालू अवस्थामा राख्ने व्यवस्था मिलाउने समेत निर्णय भएको प्रजिअ श्रेष्ठले बताइन् । बैठकमा नारायणघाट-बुटवल सडक निर्माण सम्बन्धमा हालसम्म भएको प्रगतिको बारेमा जानकारी लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस