२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काम बिगार्ने कर्मचारी, गाली खाने मन्त्री र सांसद भन्दै स्वास्थ्य मन्त्रीले उठाए प्रश्न

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले चिकित्सकहरूको रोजाइ सुगम र सहर हुने गरेको बताएका छन् । सरुवा गरिएको ठाउँमा जानुभन्दा पनि शक्तिको दुरुपयोग गरेर भएपनि सुगम र सहरहरू चिकित्सकको रोजाइमा पर्ने गरेको मन्त्री यादवको भनाइ छ ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसमितिको सोमबारको बैठकमा मन्त्री यादवले चिकित्सकहरूलाई दुर्गम क्षेत्रमा पठाउने विषयमा गम्भीर रहेको बताए । दुर्गम र गाउँमा सरुवा भएका चिकित्सकले त्यहाँ हाजिर हुनुपर्ने उनको भनाइ छ ।

‘पायक पर्ने ठाउँको लागि यस्तो पावर आउँछ, कुर्सी हल्लिन्छ । तर कुनै पावर चल्दैन, मानिँदैन । व्यवहारिक रूपमा हेर्न सकिएला, ’मन्त्री यादवले भने, ‘जहाँ सरुवा भएको छ त्यहाँ हाजिर हुनै पर्छ । सबैलाई सुगम चाहियो भने गाउँमा कसले हेर्छ ? त्यसैले यसमा मन्त्रालय गम्भीर छ ।

दुर्गममा अस्पताल भवन भएको तर डाक्टर नभएको आफूले पाएको मन्त्री यादवको भनाइ छ । भवन निर्माण हुने तर स्वास्थ्य उपचार गर्ने उपकरण र औजार नभएको तर त्यसको जिम्मेवारी कसले लिने भन्ने यकीन नरहेको पनि उनले बताए ।

संघीय अस्पतालमा सुधारको खाँचो रहेको मन्त्री यादवले बताए । स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार काम हुन नसकेको उनको भनाइ थियो । स्वास्थ्य क्षेत्रमा रहेका बेथिति अन्त्य गर्नका लागि मन्त्रालय गम्भीर रहेको उनले बताए ।

धेरै अस्पतालमा उपकरणहरूमा मुसाले घर बनाएको मन्त्री यादवले बताए । आवश्यकता रहको ठाउँमा उपकरण नपुगेको तर अनावश्यक ठाउँमा उपकरण पठाएर प्रयोग विहीन बनाइएको पाइएको मन्त्री यादवले बताए ।

वीर अस्पतालमा एउटै बेडमा दुईजना बिरामी राखेको, महिला र पुरुष बिरामी एउटै ठाउँमा राखेको पाइएको मन्त्री यादवले बताए । कतिपय अस्पतालमा आफू नै गएर समस्या बुझिरहेको मन्त्री यादवले बताए । वीर अस्पतालको इमर्जेन्सी नयाँ भवनमा सार्न निर्देशन दिएको जानकारी उनले संसदीय समितिलाई दिए ।

मन्त्रालयले गलत काम गर्नेहरूलाई कारबाही गर्ने पनि मन्त्री यादवले बताए । अस्पतालहरूमा सूक्ष्म अध्ययन भइरहेको उनले बताए । केही दिनमा धेरै जना सस्पेन्ड, कारवाही हुन्छन् । ‘काम बिगार्ने चिकित्सक र कर्मचारी, गाली खाने मन्त्री, सांसद, नेता ?, ‘उनले भने ।

प्रतिक्रिया दिनुहोस