फ्रान्स । आइतबार भएको युरोपेली संसदीय निर्वाचनमा आफ्नो पार्टी भारी मतले पराजय भएपछि फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोंले संसद्को तल्लो सदन विघटन गरी नयाँ निर्वाचनको घोषणा गरेका छन् ।
राज्यप्रमुखकै पार्टीलाई टक्कर दिँदै नेसनल र्यालीले राष्ट्रपतीको पार्टीका अनुपातमा दोब्बर मत ल्याएपछि रनथनिएका माक्रोंले आइतबार साँझ पराजय सुन्नासाथ संसद् भंग गरेर मध्यावधिको घोषणा गरेका हुन् ।
उनले अति दक्षिणपन्थी मानिएको पार्टी नेसनल र्यालीसित भारी मतले पराजय भोग्नुपरेपछि संसदननै विघटन गरी जुन ३० र जुलाई ७ मा मध्यावधि चुनाव हुने घोषणा गरेका हुन् ।
राष्ट्रपती भवन एलिजे दरबारबाट राष्ट्रलाई सम्बोधन गर्दै माक्रोंले भने, ‘मैले भोट मार्फत हाम्रो संसदीय भविष्यको छनौट फेरि निर्णय गर्न पाउने गरी फिर्ता दिएको छु। त्यसैले म राष्ट्रिय सभा विघटन गर्दैछु ।’
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले आइतबार राष्ट्रिय सभा भंग गर्ने र तत्काल चुनाव गराउने घोषणा गर्दा राष्ट्रलाई स्तब्ध बनाएको भनाइ फ्रान्सेली मिडियाहरूको छ । यो निर्णयले फ्रान्सलाई राजनीतिक रूपमा अस्थिर बनाउने तर्क मिडियाहरूले गरेका छन् ।