काठमाडौँ । कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चड सकुशल उद्धार गरिएको छ । उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
अछामबाट दैलेख आउने क्रममा आज बिहान पुलको लट्ठा चुँडिदा फसेकामध्ये अझै २ वटाको उद्धार गर्नै बाँकी रहेको बताइएको छ । पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर कर्णालीमा खसाल्न थालिएको थियो ।
पुलबाट खसालिएका खच्चडलाई नदीमा डुङ्गाबाट उद्धार गरिएको थियो । स्थानीय भरत साउदका अनुसार फसेका फसेका बाँकी खच्चड निकाल्न झनै जोखिम छ ।
यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ ।