२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनसुनअघि नै विकासका काम सम्पन्न गर्न सुझाव

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा, पूर्वाधार विकास समितिका सदस्यहरूले चालु आर्थिक वर्षका  लागि तोकिएका विकास पूर्वाधार निर्माणका काम मनसुन सुरु हुनुअगावै सम्पन्न गर्न सुझाव दिएका छन् ।  

आज बसेको समितिको बैठकमा उनीहरूले मनसुनमा विकास निर्माण गुणस्तरीय नहुने भन्दै मनसुन सुरुअघि नै निर्माण सम्पन्न गर्नका लागि सुझाव दिएका हुन् ।   

समिति सभापति दीपकबहादुर सिंहले निर्माण समयमा नै नसक्दा कतिपय विकासका आयोजनाहरू अलपत्र अवस्थामा रहेको भन्दै तोकिएको समयमा नै काम सक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने तयारी भएको जानकारी गराएका छन् । 

“बुटवल-नारायणगढ तथा तनहुँ-पोखरा सडक-खण्ड निर्माण सम्पन्न हुन नसक्दा यात्रुहरूलाई आवतजावतमा असहज भएको छ, यीलगायत अन्य पूर्वाधार निर्माण समय नै सक्नका लागि समितिले मन्त्रालयलाई राय तथा निर्देशन दिने छौ,” उनले भने । 

समिति सदस्य माधव सापकोटाले यस वर्ष समय अगावै मनसुन सुरु हुन लागेको भन्दै निर्माणाधीन अवस्थामा रहेका पूर्वाधार विकासको काम सम्पन्न गर्नुपर्ने सुझाव दिए । “पूर्वाधारका आयोजनाहरू समयमा नै सम्पन्न गर्न नसक्दा लथालिङ्ग भएको देखिन्छ,” उनले भने, “असार लागेपछि मात्रै धमाधम विकास आयोजनाको काम अगाडि बढाइन्छ तर मनसुन सुरु हुनुअगावै आयोजना निर्माण काम सम्पन्न गर्न सकेमा पूर्वाधार निर्माण गुणस्तरीय हुन्छ ।”

समिति सदस्य शिव नेपालीले वर्षा सुरु हुनुअगावै सम्बन्धित मन्त्रालयलाई पूर्वाधार विकासलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिनुपर्ने बताए । निर्माणाधीन तथा निर्माण सम्पन्न भइसकेका पूर्वाधार आयोजनाहरूको अनुगमनको विषयमा प्रतिनिधिसभा सदस्यहरू प्रत्यक्ष रूपमा संलग्न रहनुपर्ने उनको भनाइ थियो ।

समिति सदस्य मैना कार्कीले बजेट सक्नका लागि पूर्वाधार निर्माणमा हतार गर्न नहुने धारणा राखे । सदस्य विना लामाले पूर्वाधार विकासको नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुगमनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। 

सदस्य प्रतिमा गौतमले सात वटै प्रदेशमा अनुगमनलाई अगाडि बढाउनुपर्नेमा सुझाव दिए। सदस्यद्वय कल्पना चौधरी र प्रेमबहादुर महर्जनले पनि विकासका पूर्वाधार निर्माणलाई समयमा नै सक्न र पारदर्शी बजेट खर्च गर्नका लागि अनुगमनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस