२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालयसहित २९ कार्यालयमा सतर्कताको छड्के : अग्रिम हाजिरी र गयलमा रातो

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले ६ जिल्लाका २९ कार्यालयमा छड्के अनुगमन गरेको छ । यही जेठ १३ देखि २२ गतेसम्म चितवन, पर्सा, बारा, धनुषा, रौतहट र सिन्धुली जिल्लाका २९ वटा सरकारी र सार्वजनिक कार्यालयमा सतर्कता केन्द्रले छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा ४०१ कर्मचारीहरू गयल रहेको पाइएको छ । बिदा स्वीकृत नगरी अनुपस्थित रहेका कर्मचारीहरूको हाजिरीमा सतर्कता केन्द्रले रातो लगाएको छ ।

बिदा स्वीकृत नगरी अनुपस्थित हुने कर्मचारीहरूमा २ जना प्रदेश सचिव, ५ जना कार्यालय प्रमुख, ७० जना अधिकृत कर्मचारी र अन्य तहका ३२४ जना रहेका छन् । सतर्कता केन्द्रका अनुसार बिदा स्वीकृत नगरी अनुपस्थित रहेका कर्मचारीहरूमा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोद कुमार यादव र भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव राज कुमार गोइत पनि छन् ।

स्वास्थ्यका सचिव यादवले केही दिन हाजिरी गर्ने र बीचमा खाली छाडेर पुनः केही दिनपछि हाजिरी गर्ने गरेको पाइएको छ । उनी २०८१ वैशाख २५ देखि २०८१ जेठ ४ गतेसम्म र २०८१ जेठ ७ देखि २०८१ जेठ २० गतेसम्म गयल छन् । 

गयल भएका कारण सतर्कता केन्द्रले उनको हाजिरीमा रातो लगाएको छ । यसबारे बुझ्दा सचिव यादवले व्यस्तताका कारण हाजिर गर्न नभ्याएको प्रतिक्रिया दिए । स्वास्थ्यकर्मी भएका कारण काममा व्यस्त हुँदा हाजिर छुट्न गएको उनको भनाइ छ । रातोमाथि हाजिरी गरेको उनीले अस्वीकार गरे । अनुगमनका क्रममा सचिव यादवसहित ११ जना कर्मचारीहरू गयल थिए ।

उक्त मन्त्रालयमा सचिव यादवसहित शाखा अधिकृत रवीन्द्र प्रसाद यादव, फार्मेसी अधिकृत उज्ज्वल यादवसहित ११ जना कर्मचारीहरू छड्केमा परेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जेठ २० गते १ः३० बजे केन्द्रले अनुगमन गरेको थियो ।

मधेस प्रदेशका विभिन्न मन्त्रालयहरूमा सचिवले हाजिरी नगर्दा अन्य कर्मचारीहरू पनि अनुपस्थित हुने गरेको पाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव गोइत २०८१ वैशाख २१ देखि जेठ २० गतेसम्म अनुपस्थित रहेको पाइयो सतर्कता केन्द्रका प्रहरी उपरीक्षक बुद्धिराम खनालले जानकारी दिए । तर, उनी मन्त्रालय भने जाने गरेका छन् । मन्त्रालय गए पनि उनी हाजिर गर्दैनन् । गोइतको हाजिरी पुस्तिकामा पनि सतर्कता केन्द्रले रातो लगाएर गयल गरिदिएको छ । अनुगमनका क्रममा उक्त मन्त्रालयमा निमित्त सचिव गोइतसहित १६ जना कर्मचारीहरू गयल थिए । 

भौतिक पूर्वाधार विकास मन्त्रालयका सीडीई सरोजकुमार गोइत वैशाख २ देखि ३ गते सम्म र जेठ ९ गतेदेखि २० गतेसम्म अनुपस्थित रहेका थिए । लेखा अधिकृत जितेन्द्र प्रसाद यादव वैशाख ३१ गते र जेठ १४ देखि २० गतेसम्म, इन्जिनियर सन्तोषकुमार यादव र कानुन अधिकृत लक्ष्मण राई जेठ २० गते अनुपस्थित पाइएका थिए । जेठ २० गते ११ः१५ बजे केन्द्रले भौतिक पूर्वाधार विकास मन्त्रालयमा अनुगमन गरेको थियो ।

कुन कार्यालयका कति कर्मचारी गयल
राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्केमा पाँच कार्यालयका कार्यालय प्रमुख नै गयल भएको पाइएको छ ।

सतर्कता केन्द्रका अनुसार डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेश प्रसाद पौडेलसहित १७ जना कर्मचारीहरू गयल थिए । यसैगरी डिभिजन वन कार्यालय चितवनका प्रमुख थिर बहादुर कार्कीसहित १४ जना कर्मचारीहरू, इच्छाकामना गाउँपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतसहित ४० कर्मचारीहरू, यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख पदम प्रसाद बजगाईँसहित १३ जना कर्मचारीहरू र जिल्ला हुलाक कार्यालय पर्साका प्रमुख नमोनाथ प्रसाद यादवसहित ३ जना कर्मचारीहरू गयल थिए ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनमा ६, राष्ट्रपति चुरे मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई चितवनमा १, नापी कार्यालय चितवनमा ३२, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्सामा ४, पर्सौनी गाउँपालिका बारामा १५, महागढीमाई नगरपालिका बारामा ३७, राजपुर नगरपालिका रौतहटमा २५, मौलापुर नगरपालिका रौतहटमा ९ जना कर्मचारीहरू गयल भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेशमा ११, वन तथा वातावरण मन्त्रालय, मधेस प्रदेशमा ३, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेस प्रदेशमा १, अर्थ मन्त्रालय, मधेस प्रदेशमा ४, भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेस प्रदेश १६, श्रम तथा यातायात मन्त्रालय, मधेस प्रदेशमा ४ जना कर्मचारीहरू गयल भएका सतर्कता केन्द्रले जनाएको छ । 

यसै गरी गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेस प्रदेशमा ७, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मधेस प्रदेशमा ६, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेस प्रदेशमा ११, गणेशमान चारनाथ नगरपालिका धनुषामा २९ र कमलामाई नगरपालिका सिन्धुलीमा ९३ जना कर्मचारीहरू गयल भएका छन् । अनुगमनका क्रममा तोकिएको पोशाक नलगाउने कर्मचारीहरूको संख्या २३ रहेको थियो ।

अग्रिम हाजिरी गरेर टाप
कर्मचारीहरू अग्रिम हाजिरी गरेर घर टाप कस्ने गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनमा श्रम तथा यातायात मन्त्रालयका सहायक शाखा अधिकृत सरोज कुमार यादव अग्रिम हाजिरी गरेर घर गएको पाइएको हो ।

केन्द्रको टोलीले जेठ २० गते ११ः४५ बजे श्रम तथा यातायात मन्त्रालयमा छड्के गर्दा यादवले जेठ २१ गतेसम्मको हाजिरी गरेका थिए । जेठ १० देखि १४ गतेसम्म अनुपस्थित रहेका यादवले जेठ २१ को पनि अग्रिम हाजिरी गरेका थिए । उनको हाजिरीमा पनि सतर्कता केन्द्रले रातो लगाएको छ ।

मन्त्रालयका मेकानिकल इन्जिनियर अमित कुमार दास, सहायक लेखापाल राजाराम मण्डल, सहायक शाखा अधिकृत सञ्जय खतिवडासहित ४ जनाको हाजिरीमा रातो लगाइएको थियो ।

प्रमुख सचिव नै अनुपस्थित
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेस प्रदेशमा ११ जना कर्मचारीहरू अनुपस्थित रहेको पाइएको थियो । 

मधेस प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल पनि केन्द्रले अनुगमन गरेको दिन काज लेखेर आफ्नो घर गएका थिए । काजमा गएको विषयमा बुझ्दा उनले अस्वीकार गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. कृष्णहरि पुष्करलाई जानकारी गराएको प्रतिक्रिया दिए ।

‘पर्व बिदा सम्बन्धित कार्यालय प्रमुख आफैले लिन सक्छ । म पनि पर्व बिदा लिएर घरमा गएको थिएँ’, उनले भने, ‘मैले जेठ २० देखि २२ गतेसम्म तीन दिन पर्व बिदा लिएको थिएँ ।’ पर्व बिदा म आफैँ स्वीकृत गर्न सक्ने र प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइ सकेको हुनाले यसबारेमा थप बोली रहनु नपर्ने उनको भनाइ छ । 

सिराहाको लहानमा भएको कार्यक्रममा सहभागी हुन गएकै बेला त्यतैबाट पर्व बिदामा घर गएको उनले बताए । ‘प्रमुख सचिवकोमा रातो लगाउने अख्तियारी नभएका कारण हामीले रातो लगाउन मिलेन’ सतर्कता स्रोतले भन्यो ।

कार्यालयमा कर्मचारीहरू अनुपस्थित रहेको वा हाजिर नगरेको विषयमा कर्मचारी व्यवस्थापन गर्ने काम कार्यालय प्रमुखको रहेकोले यसको जबाफदेही पनि सम्बन्धित कार्यालय प्रमुख नै हुने उनको भनाइ छ । सतर्कता केन्द्रले जानकारी गराएपछि थप कारबाही अघि बढ्ने प्रमुख सचिव पौड्यालले बताए ।

वैधानिकतामा प्रश्न
मन्त्रालयसहित विभिन्न कार्यालयका प्रमुख तथा लेखापालहरूले कार्यालयमा हाजिरी नगरे पनि महत्त्वपूर्ण निर्णय र भुक्तानी गरेको पाइएको छ । 

गयल भएको बेलामा गरेको निर्णय र भुक्तानीबारे सतर्कता केन्द्रले प्रश्न उठाएको छ । गयल भएका कर्मचारीहरूको हाजिरीमा रातो लगाएको सतर्कता केन्द्रले गयल भएका कर्मचारीहरूलाई विभागीय कारबाहीका लागि सिफारिस गर्ने तयारी गरेको छ । 

यसबारे स्पष्टीकरण सोधको र विभागीय कारबाहीका लागि सिफारिसको तयारी भइरहेको सतर्कता केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस