काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत नपाउने अवस्था देखेपछि प्रदेश सभाको कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने सम्बन्धी कार्यसूची सार्न सभामुख रामचन्द्र मण्डललाई पत्र पठाउँदै आग्रह गरेका हुन् ।
मुख्यमन्त्री यादवले आफू अस्वस्थ्य रहेको कारण देखाउँदै विश्वासको मत लिने सम्बन्धी कार्यसूची सार्न आग्रह गरेको सभामुख मण्डलले बताए ।
मुख्यमन्त्री यादवकै आग्रह अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक बोलाइएको छ । तर कार्यसूची सार्न आग्रह गरेपछि अब के गर्ने विषयमा सभामुख मण्डल छलफलमा जुटेका छन् । उनले परामर्श समिति एवम् दलका नेताहरूसँग छलफल गरेर मात्रै के गर्ने निर्णय लिने बताए ।