द्रुत नेतृत्व परिवर्तनका कारण राष्ट्रले सामना गर्नु परिरहेका समस्या « प्रशासन
Logo ५ असार २०८१, बुधबार
   

द्रुत नेतृत्व परिवर्तनका कारण राष्ट्रले सामना गर्नु परिरहेका समस्या


२३ जेष्ठ २०८१, बुधबार


नेपालको राजनीति स्थायी छैन । छिटो छिटो सरकार परिवर्तन भइ रहेको छ र त्यसभन्दा पनि छिटो मन्त्रालयका राजनैतिक नेतृत्व र त्यस भन्दा पनि छिटो मन्त्रालय र विभागका कर्मचारी नेतृत्व परिवर्तन भई राखेका छन् । यसले स्थायित्वलाई प्रतिनिधित्व गर्दैन । यदि सरकारमा स्थायित्व भएन भने विभिन्न सुरक्षा चुनौती देखा पर्दछन् । यसको असर सरकारको  काम कार्यवाही, नीति र सेवा प्रवाहमा परि राखेको छ । यदि जनताका सरोकारका विषय सहज तरिकाले सम्बोधन भएनन् भने यसले सरकार र त्यसमा पनि राजनीतिप्रति अविश्वास र घृणा बढाउन सहयोग पुर्‍याउँछ।

अहिले नेपालले जे समस्या भोगी राखेको छ, त्यो राजनीतिज्ञहरूले आफ्नो स्वार्थलाई प्राथमिकतामा राखेको कारण हो भन्ने कुरा नबुझ्ने कोही छैनन् । छिटो छिटो नेतृत्व परिवर्तनका असरबारे चर्चा आजको यो आलेखमा 

अस्थिरता: छिटो छिटो राजनीतिक र नेतृत्व परिवर्तनले गर्दा नयाँ नेतृत्व आउना साथ उसका आफ्ना नीति र प्राथमिकताहरू अगाडि सार्ने गरेकाले स्थायित्वको अभाव देखिन सक्छ। जसले गर्दा सर्वसाधारण नागरिक र लगानीकर्ताहरूमा अनिश्चितता जन्माउँछ।

नीतिमा अनिश्चितता: निरन्तर राजनीतिक नेतृत्व  परिवर्तनहरूले विसंगत नीति निर्माणमा सहयोग पुग्दछ। जसले आर्थिक योजना बनाउन र लगानी प्रतिको विश्वास जगाउने वातावरण बनाउन असहज बनाउँछ।

आर्थिक उतार-चढाव: राजनीतिक र नेतृत्वको अनिश्चितताले प्रायः आर्थिक अस्थिरता जन्माउँछ।यसले बजार, व्यापार र लगानीलाई असर गर्छ, जस कारण मन्दी वा वित्तीय सङ्कट निम्त्याउने सम्भावना रहन्छ।

सामाजिक विभाजन: राजनीतिक र नेतृत्व उथलपुथलले सामाजिक विभाजन बढाउनमा सहयोग पुर्‍याउन सक्छ। राजनैतिक दलका आफ्ना माग तथा प्राथमिकताका साथै विभिन्न समूहहरू, जस्तै जातीय, धार्मिक, सामाजिक, आर्थिक वर्गहरू बीचको तनावलाई बढाउन सहयोग पुर्‍याउँछ।

संस्थागत व्यवधान: निरन्तर राजनीतिक तथा नेतृत्व परिवर्तनले न्यायपालिका, निजामती, सुरक्षा सङ्गठन तथा नियामक निकायहरू जस्ता महत्त्वपूर्ण  संस्थाहरूको कार्यशैलीलाई कमजोर बनाउँछ, जसले गर्दा सरकार प्रतिको विश्वास तथा विधिको शासनमाथिको जनविश्वासलाई घटाउन सहयोग पुर्‍याउँछ।

अन्तर्राष्ट्रिय सम्बन्ध: छिटो छिटो परिवर्तनका कारण जन्मने अप्रत्याशित तथा तरल राजनीतिक वातावरणले निरन्तर सम्पर्कमा व्यवधान आउनाले र प्राथमिकता अस्पष्ट हुँदा अन्य देशहरूसँगको कूटनीतिक सम्बन्धलाई असहज बनाउन सहयोग पुर्‍याउँछ। जसले गर्दा भूराजनीतिक तनाव, व्यापारमा  विवाद वा अन्य प्रकारका द्वन्द्व पनि निम्तिन सम्भावना बढेर जान्छ।

सार्वजनिक विश्वास: बारम्बार राजनीतिक तथा नेतृत्व परिवर्तनले सरकारी संस्थाहरू र नेताहरूमाथिको विश्वासलाई घटाउन सहयोग पुर्‍याउँछ। जसले गर्दा जनतामा नेतृत्व प्रति उदासीनता, अविश्वास तथा नकारात्मकता  उत्पन्न हुने सम्भावना रहन्छ।

नीतिको निरन्तरतामा व्यवधान: नयाँ नेतृत्वले आफ्ना पूर्ववर्तीहरूका नीतिहरूलाई उल्टाउँदा, परिमार्जन गर्दा तथा सँगसँगै आफ्ना नयाँ नीतिहरू कार्यान्वयन गर्न खोज्दा यसले नेतृत्वले चाहेको परिवर्तनमा बाधा पुर्‍याउन सहयोग पुर्‍याउँछ।

सुरक्षा सरोकारहरू: राजनीतिक अस्थिरताले चरमपन्थी समूहहरू, विद्रोहीहरू तथा आपराधिक समूहहरूलाई आफ्नो स्वार्थका  अवसरहरूमा खेल्न सहज हुन्छ। जसले राष्ट्रिय र सार्वजनिक सुरक्षामा खतरा उत्पन्न गर्ने सम्भावना रहन्छ।

मानवीय संकटः निरन्तर राजनीतिक परिवर्तनको चरम अवस्थामा मानवीय सङ्कटमा वृद्धि जस्तै नागरिकहरूको सामूहिक विस्थापन, गृहयुद्ध, राष्ट्र भित्र ठूलो अस्थिरता निम्त्याउन सक्छ।

अपराधमा वृद्धि: छिटो छिटो नेतृत्व परिवर्तनले प्राथमिकताहरू सिफ्ट हुने गर्दछन् । प्राथमिकता छिटो छिटो सिफ्ट हुनाले प्रहरीको अनावश्यक काममा संलग्नतामा वृद्धि हुन्छ, त्यसले गर्दा प्रहरीको प्राथमिक जिम्मेवारी अपराध नियन्त्रण र अनुसन्धानमा ध्यान कम हुने जानाले अपराधमा वृद्धि भएको देख्न सकिन्छ।

जुन देशमा प्रणालीले काम गर्दैन, प्रणाली नै व्यक्तिपरक हुन्छ र छिटो छिटो सरकार परिवर्तन, कर्मचारीको नेतृत्व परिवर्तनले गर्दा त्यो देशमा भ्रमको वातावरण बनी रहन्छ। छिमेकीका सुरक्षाका स्वार्थहरू हाबी हुन्छन् । विकास निर्माण र राष्ट्रका प्राथमिकतामा बेथिति देखिँदा जनतामा अविश्वास, अराजकता, दण्डहीनता  तथा अनुशासनहीनतामा वृद्धि हुँदै जान्छ।

Tags :
प्रतिक्रिया दिनुहोस