२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ल्यापटप र डेस्कटपमा लगाएको अन्तःशुल्क फिर्ता लिन माग

अ+ अ-

काठमाडौँ । सरकारले आर्थिक वर्ष ०८१/८२ को बजेटमार्फत ल्यापटप र डेस्कटपमा लगाएको ५ प्रतिशत अन्तःशुल्क लगाएकामा सूचना प्रविधि क्षेत्रका जानकारहरूले असन्तुष्टि जनाएका छन् ।

मंगलबार कम्प्युटर एशोशिएसन अफ नेपाल (क्यान महासंघ)ले गरेको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले ल्यापटप र डेस्कटपमा लगाएको अन्तःशुल्क तत्काल फिर्ता लिन माग गरेका छन् ।

आइटी कम्पनी मेगा टेकका संस्थापक सुरेश लोहनीले सूचना प्रविधि आधारभूत आवश्यकता भइसकेकाले यसमा कर बढाउँदा सर्वसाधारण मारमा पर्ने बताए ।

सरकारले सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको तर कम्प्युटर र ल्यापटप महँगो बनाउनु विरोधाभासपूर्ण भएको उनको भनाइ छ ।

आइटी कम्पनी मर्कन्टाइल प्रालिका प्रमुख कार्यकारी अधिकृत नवीन जोशीले सूचना प्रविधिको आधारभूत वस्तुमा नै अन्त:शुस्क लगाउनुले सरकारमाथि आशंङ्का भएको बताए ।

क्यान महासंघका उपाध्यक्ष एवं आइटी कम्पनी इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशीले सरकारले सूचना प्रविधि क्षेत्रमा कुनै लगानी नगर्ने तर अन्तस्शुल्कमार्फर कर असुल्न खोजेको आरोप लगाए ।

सरकारले सूचना प्रविधि क्षेत्रको अभिभावकत्व कहिल्यै लिन नखोजेको रघुवंशीले बताए । नेपालभित्र नेपाली सफ्टवेयर प्रयोगमा पनि सरकारले पहल नगरेको उनको गुनासो छ ।

क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले बजेट सूचना प्रविधि क्षेत्रलाई केही सकारात्मक भए पनि हार्डवेयरमा लगाएको ५ प्रतिशत अन्तःशुल्क फिर्ता लिनुपर्ने बताए ।

जेनेरेशन नेक्स्ट कम्प्युटर प्रालिका सरोज खत्रीले सरकारले बजेटमा प्रविधिका सामानमा थप कर लगाएर बजारमा गुणस्तरीय उत्पादनलाई निरुत्साहित गरेको र चोरीको सामानलाई बढावा दिन खोजेको आरोप लगाए ।

सूचना प्रविधिमा ४५ प्रतिशत सामान मात्र वैधानिक बाटोबाट आउने गरेको भन्दै उनले अब यो झन् बढ्न सक्ने आशङ्का गरे ।

आइसिटी डिस्ट्रिब्युटर कम्पनी नियोटेरिक नेपालका केएन मिश्राले अन्तस्शुल्कका कारण सूचना प्रविधि उद्योग फस्टाउन कठिन हुने बताए ।

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ)का पूर्वअध्यक्ष सुरेशराज कर्ण र विनोद ढकालले सरकारले आइटी उद्योगमा कर हटाएर लगानीको वातावरण बनाउनुपर्ने बताए ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले अन्तःशुल्क प्रविधिका डिभाइस महँगो हुने र सरकारको मेड इन नेपाल, मेक इन नेपाल’ र डिजिटल नेपाल फ्रेमवर्कको नारामा नै असर पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस