२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिङ्देनले अर्थमन्त्री खोजेपछि स्थगित भयो प्रतिनिधि सभा बैठक

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभामा बजेटमाथि धारणा राख्दा अर्थमन्त्री उपस्थित हुनुपर्ने अडान राखेपछि बैठक स्थगित भएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथि छलफल हुँदै थियो । काँग्रेसको अर्जुन नरसिंह केसी, एमालेका गोकर्ण विष्ट, माओवादीका रामकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले धारणा राखे । त्यसपछि बोल्न रोष्ट्रममा गएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने संसदमा अर्थमन्त्री वर्षमान पुनलाई नदेखेको भन्दै खोजी गरेका थिए ।

उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा गएको जानकारी गराइन् । सँगै सरकारका प्रतिनिधिका रूपमा खानेपानी मन्त्री राजेन्द्रकुमार राई रहेको पनि बताइन् ।

तर राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कुरा अर्थमन्त्रीलाई नै सुनाउनुपर्ने भन्दै अर्थमन्त्री आएपछि मात्रै बोल्ने अडान लिए ।लिङ्देनले आफूले पाएको थोरै समय अर्थमन्त्री नआउँदै सकिए के गर्ने भन्दै अर्थमन्त्री आएपछि समय गणना सुरु हुने भए मात्र बोल्ने बताए ।

तर उपसभामुख रानाले बैठक स्थगित नगर्ने भनिन् । त्यतिबेलै एमाले सांसद दयालबहादुर शाहीले नियमापत्ति गरे । उनले बोल्न गएपछि सरासर बोल्नुपर्छ, दोहोरी खेल्नुहुँदैन भनेपछि राप्रपा सांसदहरु उठे ।

राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय पार्टीका संसदीय दलका नेताले अर्थमन्त्री खोज्दा दोहोरी खेलेको हुन्छ भन्दै प्रतिवाद गरे । त्यतिबेला सभामुखको आसनमा सभामुख देवराज घिमिरे फर्किसकेका थिए । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफ्नो सिटमा फर्किन आग्रह गरे र संसद बैठक १५ मिनेटका लागि स्थगित गरे ।

सभामुख घिमिरेले राष्ट्रिय सभा र प्रतिनिधिसभा एउटै समयमा बजेट छलफल भएकाले यस्तो समस्या आएको बताए ।

प्रतिक्रिया दिनुहोस