२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरले थाल्यो नातागोताबाहेक राखिएका बालबालिकाको खोजी

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफन्तबाहेक कोही कसैको घरमा राखिएका बालबालिकाको खोजी थालेको छ ।

आफूसँग नातागोताबाहेकका त्यस्ता बालबालिका भए २१ दिनभित्र सम्बन्धित वडा कार्यालयलाई थाहा दिन भनिएको छ ।

‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै घरपरिवारमा आफ्ना तथा नातागोताबाहेकका बालबालिका रहे-बसेका भए यो सूचना जारी भएको मितिले २१ दिनभित्र महानगरपालिकाले जारी गरेको बाल संरक्षण तथा बाल अधिकारसम्बन्धी कार्यविधि, २०८० को दफा १६ को उपदफा (५) सँग सम्बन्धित अनुसूची (३) मा तोकिएको फाराम भरी सम्बन्धित वडा कार्यालयमा विवरण पेस गर्नु हुन सूचित गरिन्छ,’ सूचनामा उल्लेख छ ।

नातागोता भन्नाले बालबालिकाका आमा वा बुवातर्फका तीन पुस्ताभित्रका नातेदार सम्झनुपर्ने महानगरको प्रष्टोक्ति छ ।

१८ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाइएको भए त्यसको नियन्त्रणका लागि महानगरले पहल थालेको हब । त्यस्तै महानगर क्षेत्रभित्रका होटेल, बार, रेस्टुरेन्ट, घर, यातायात, निर्माण सेवालगायतका विभिन्न क्षेत्रमा गैर कानुनी रूपमा बालबालिकालाई श्रममा लगाइएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने महानगरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस