बक्सिङमा नेपालकी अन्जनी तेली प्रि-क्वाटरफाइनलमा « प्रशासन
Logo ८ असार २०८१, शनिबार
   

बक्सिङमा नेपालकी अन्जनी तेली प्रि-क्वाटरफाइनलमा


१६ जेष्ठ २०८१, बुधबार


काठमाडौँ । नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोस्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि-क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५-० ले पराजित गरिन् । 

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार अन्जनीले प्रिक्वाटरफाइनलमा मोन्टेनेग्रोकी बोजान गोज्कोभिकको सामना गर्नेछिन् । सो खेल शनिबार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस