काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिका सदस्यहरूको नाम टुङ्गो लागेको छ ।
अहिले केहीबेरमा बस्ने संसद्को बैठकले समितिको घोषणा गर्नेछ । समितिमा रहने सदस्यहरू दलहरूले टुङ्गो लगाएका छन् ।
नेपाली काँग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुसाल छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
स्रोतका अनुसार एमालेले सहकारी संस्था बचत रकम संसदीय छानबिन समितिको सभापतिमा थापालाई प्रस्ताव गरेको छ ।