१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतान्त्रिक गणतन्त्रबाट मुलुकको विकास र जनताको समृद्धि हासिल गर्न सकिन्छ : नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले उनीहरूको राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताएका छन् । 

सत्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले अहिलेको शासन व्यवस्थाले सबै नागरिकलाई समानताका अवसर प्रदान गरेकाले सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक पद्धतिबाट मुलुकको विकास तथा जनताको समृद्धि हासिल गर्न सकिने उल्लेख गरेका छन् । 

लोकतान्त्रिक आन्दोलनका लागि जीवनको बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले परिवर्तनको लाभ जनतासम्म पुर्‍याउन आवश्यक नीति तथा कानुनी व्यवस्थामा परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । 

अध्यक्ष नेपालले संविधानले कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गरेको उल्लेख गर्दै समाजवादोन्मुख व्यवस्थाको परिकल्पना गरेको बताए । 

समृद्ध राष्ट्र निर्माणका लागि समाजवादको कार्यान्वयन गर्नुपर्नेमा जोड्दिँदै उनले परिवर्तनकारी शक्तिहरूबीच सहकार्य, एकता र समन्वयको खाँचो औँल्याए । 

राज्यका सबै तहका साथै सम्पूर्ण नागरिकलाई लोकतान्त्रिक संस्कृतिको विकास गरी जनताको सामाजिक, आर्थिक रूपान्तरणका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने अध्यक्ष नेपालले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस