गृहमन्त्रीज्यू देशको सूचना बेच्नेलाई तत्काल पक्राउ गर्नुहोस् : ज्ञानेन्द्र शाही « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

गृहमन्त्रीज्यू देशको सूचना बेच्नेलाई तत्काल पक्राउ गर्नुहोस् : ज्ञानेन्द्र शाही


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना बेच्ने मानिसलाई पक्राउ गर्न आग्रह गरेका हुन् ।

उनले गृहमन्त्रीले संसदमा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहको अभिव्यक्ति दिइरहेको भन्दै उक्त व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरे । उनले गृहमन्त्रीले काम गर्न संसद् कुर्नु नपर्ने बताए ।

उनले संसदमा बोल्दै ४ वटा फाइल खोल्ने भनेको विषय कहाँ पुग्यो तत्काल फाइल खोल्न आग्रह गरे । उनले सहकारी छानबिन समिति पनि तत्काल बनाएर काम गर्न समेत आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस