सामुदायिक भवनसहितको जग्गा व्यक्तिलाई बेचेपछि स्थानीय आन्दोलित  « प्रशासन
Logo ११ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सामुदायिक भवनसहितको जग्गा व्यक्तिलाई बेचेपछि स्थानीय आन्दोलित 


१२ जेष्ठ २०८१, शनिबार


सिरहा। सिरहाको कर्जन्हा नगरपालिका-९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा बिक्री गरिएपछि स्थानीय आक्रोशित भएका छन् ।

विसं २०३७ मा पासमान सामुदायिक भवन निर्माणका लागि स्थानीय कासिन्द्र मोरवैताले प्रदान गरेको साढे आठ धुर जग्गामा विसं २०५४ देखि सामुदायिक भवन निर्माण गरी प्रयोग हुँदैआएकामा मिलेमतोमा बिक्री गरिएको स्थानीयको आरोप छ ।

स्थानीय विनोद पासमानले पासमान सामुदायको भावनासँग जोडिएको सामुदायिक भवनको जग्गा व्यक्तिको नाउँमा पास भएपछि आफूहरु अन्यायमा परेको बताए ।

“यो सामुदायिक भवनसँग हाम्रो तीन दशकको सम्बन्ध छ । यसमा समुदायको सामाजिक, सांस्कृतिक एवम् भावनात्मक सम्बन्ध गाँसिएको छ ।तत्कालीन कर्जा गाविसले दिएको रकम र यहाँका समुदायले दुःख गरी कमाएको पैसाबाट जनश्रमदान गरी एकतले भवन बनाएका थियौँ”, पासमानले भने, “यसै भवनबाट हामी सार्वजनिक भेला, छलफल, भोजभतेरलगायत सामाजिक कार्य गर्दै आएका छौँ । अब यो खरिद बिक्री गरिएपछि कहाँ जाने ?”

स्थानीयले वडाध्यक्षको संलग्नतामा गत माघ १६ गते स्थानीय एक व्यक्तिको नाममा दर्ता कायम गरिएको भन्दै शुक्रबारदेखि वडा कार्यालयमा तालाबन्दीसहित आन्दोलन सुरु गरेका छन् ।

अर्का स्थानीय रामलखन पासमानले स्थानीयको पहलमा भवन जीर्ण भएपछि दुईतले नयाँ भवन निर्माणका लागि मधेस प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि रु ५० लाख विनियोजन गरिएकामा सो रकम कार्यान्वयन गर्ने क्रममा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको थाहा भएको बताए ।

“योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भइसकेको थियो । पुरानो भवनसहितको जग्गा अरुकै नाममा दर्ता गरिएपछि बजेट नै फ्रिज हुने सम्भावना बढेर गएको छ । त्यस विरुद्ध आन्दोलनमा गरिरहेका छौँ”, उनले भने।

सामुदायिक भवनको नाममा जग्गा फिर्ता गर्न स्थानीयले पटक पटक विरोध प्रदर्शन गर्दै आएका छन् तर त्यसको सुनुवाइ हुनसकेको छैन । वडा कार्यालय र नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि मागलाई बेवास्ता गरेकाले बाध्य भएर वडा कार्यालयमा तालाबन्दीसहित आन्दोलन गर्नुपरेको स्थानीय गुब्दी देवी पासमानले बताए ।

सामुदायिक जग्गा कसले र कसरी व्यक्तिलाई बिक्री गरे भन्ने विषयमा अहिले स्थानीयस्तरमा निकै चासो छ । स्थानीयले वडाध्यक्ष मो. मस्तकिमकै मिलेमतोमा उक्त काम भएको बताइरहेका छन् भने वडाध्यक्षले भने आफूले जग्गा बिक्री गर्न सिफारिस नदिएको तर तत्कालीन कार्यवाहक वडाध्यक्षले सिफारिस दिएको बताइरहेका छन् ।

उनले भने, “हामीले अर्कै जग्गा बिक्री गर्न सिफारिस दिएका थियौँ । मालपोतका हाकिमले पुरानै सिफारिसलाई आधार मानेर जग्गा पास गरिदिए छन् । यसलाई सच्चाउन पहल गर्नेछु ।” 

Tags :
प्रतिक्रिया दिनुहोस