२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्ला, बैतडी, गोरखा र कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

अ+ अ-

काठमाडौँ ।  बैतडी, गोरखा र  कञ्चनपुरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदैछ । 

कञ्चनपुरका ३३ हजार नौ सय ४२ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइने छ । पाँच वर्ष मुनिका बालबालिलाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जेठ १३ गतेदेखि २६ सम्म सम्बन्धित पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाइने भएको हो ।

खोप अभियानका लागि जिल्लामा एक सय ५३ स्वास्थ्यकर्मी र सात सय १० महिला स्वास्थ्य स्वयंसेविका गरी आठ सय ६३ जना परिचालन गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यो खोप २०७१ सालदेखि लगाउन सुरु गरिएको हो । शुक्लाफाँटा नगरपालिकाका तीन हजार पाँच सय ८०, भीमदत्त नगरपालिकाका आठ हजार पाँच सय ६२, बेल्डाँडी गाउँपालिका एक हजार एक सय ७४, बेलौरी नगरपालिकाका दुई हजार सात सय ९३, लालझाडी गाउँपालिकाका एक हजार तीन ८१ बालबालिकालाई खोप लगाइने छ । पुनर्वास नगरपालिकाका चार हजार तीन सय ११, बेदकोट नगरपालिकाका तीन हजार दुई सय ३२, कृष्णपुर नगरपालिकाका पाँच हजार छ सय ६७ र दोधाचाँदनी नगरपालिकाका तीन हजार दुई सय ४२ बालबालिकालाई खोप लगाइने छ ।

यसैबीच जुम्लाबाट रासस प्रतिनिधिले सम्प्रेषण गरेको समाचारअनुसार जिल्लाका पाँच हजार आठ सय बालबालिकालाई पोलियोेविरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा जेठ १३ गतेदेखि १५ गतेसम्म  पातारासी, गुठिचौर, चन्दननाथ र तातोपानीमा खोप अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा जेठ १८ गतेदेखि २० गतेसम्म तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियानअन्तर्गत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका पाँचदेखि आठ वर्ष उमेर समूहका बालबालिकालाई मात्र खोप लगाइनेछ । 

यसैबीच गोरखा समाचारदाताले जनाएअनुसार गोरखाका आठ हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ । जिल्लाका सबै पालिकामा जेठ १६ गते एकैसाथ खोप अभियान सञ्चालन गरी आठ हजार पाँच सय ३९ जना बालबालिकालाई  खोप लगाउने तयारी जारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

एघार पालिका रहेको गोरखामा गोरखा नगरपालिकामा सबैभन्दा धेरै दुई हजार चार सय ८६ जना बालबालिकालाई खोप लगाइने छ । पालुङटार नगरपालिकामा एक हजार ९१, आरुघाट गाउँपालिकामा सात सय ३०, बारपाक सुलिकोट गाउँपालिकामा छ सय ६७ जना बालबालिकालाई खोप लगाइनेछ ।

गण्डकी गाउँपालिकामा छ सय ४१, धार्चे गाउँपालिकामा छ सय २८, सहिदलखन गाउँपालिकामा छ सय तीन,  सिरानचोक गाउँपालिकामा चार सय ९९, भीमसेन थापा गाउँपालिकामा चार सय ८५, अजिरकोट गाउँपालिकामा चार सय १२ र चुमनुब्री गाउँपालिकामा दुई सय ९७ जना बालबालिकालाई खोप लगाउने कार्यक्रम छ ।

खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभर दुई सय ५९ केन्द्र तोकिएको छ भने दुई सय ५९ जना स्वास्थ्यकर्मी र पाँच सय १८ जना स्वयंसेवक परिचालन गरिने छ । साथै एक सय २३ जना जनशक्ति पनि परिचालन गरिनेछ 

यसैगरी बैतडीका १३ हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयकारअनुसार जेठ १६ देखि २३ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस