कैलाश सिरोहिया अस्पताल भर्ना « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

कैलाश सिरोहिया अस्पताल भर्ना


१२ जेष्ठ २०८१, शनिबार


काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो । मुटुमा समस्या भएपछि उनलाई अस्पताल लगिएको बताइएको छ ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलबार सिरोहियालाई काठमाडौँस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै उनलाई पक्राउ गरिएको थियो । शुक्रबार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस