सर्तका आधारमा युद्ध रोक्न सहमत पुटिन, खार्किभ कब्जा गर्ने योजना नभएको दाबी  « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

सर्तका आधारमा युद्ध रोक्न सहमत पुटिन, खार्किभ कब्जा गर्ने योजना नभएको दाबी 


१२ जेष्ठ २०८१, शनिबार


काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त राखेका छन् । 

समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरू अब उसको हिस्सा नै रहन्छन् ।

पुटिन युद्ध रोक्न तयार छन् भन्ने रिपोर्टहरू धेरै महिनादेखि चलिरहेको छ, तर यो रिपोर्ट यस्तो समयमा आएको छ जब मस्कोले उत्तर–पूर्वी युक्रेनको खार्किभ क्षेत्र विरुद्ध नयाँ आक्रमण सुरु गरेको छ । 

‘यदि अवस्थित सीमा रेखाको बारेमा सहमति भयो भने, रुसीहरूले यसलाई आफ्नो जीत मान्नेछन्। तिनीहरूले पश्चिमबाट आक्रमणको बाबजुद आफ्नो सार्वभौमसत्ता कायम राखेको भन्न सक्छन्’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रोयटर्सलाई भने ।

उनले पुटिनले बारम्बार आफू वार्ताका लागि तयार रहेको र लामो युद्ध नचाहेको उदृत गरेका छन् । यद्यपि युक्रेनी राष्ट्रपति जेलेन्स्की पुटिनको सर्तमा कुनै पनि शान्ति सम्झौता स्वीकार गर्न चाहँदैनन्। उनले रुसी सेनाले कब्जा गरेको युक्रेनी क्षेत्र फिर्ता लिने वाचा गरेका छन् । यसमा सन् २०१४ मा रुसले कब्जा गरेको क्रिमिया पनि समावेश छ ।

यस महिनाको सुरुमा रुसले खार्किभमा लडाइँलाई तीव्र पारेको थियो। मे १० मा, रुसी सेना खार्किभमा एक किलोमिटर प्रवेश गर्‍यो। त्यसपछि जेलेन्स्कीले युक्रेनीहरूलाई सेनाबाट निष्कासन गर्न आदेश दिएका थिए ।

उनले सबै रिजर्भ सैनिकहरूलाई पनि फिर्ता बोलाएका छन्, ताकि उनीहरूलाई खार्किभमा तैनाथ गर्न सकियोस्। खार्किभ रुसी सेनाका लागि महत्त्वपूर्ण छ किनभने उनीहरूले २०२२ मा त्यहाँ हार बेहोरेको थियो। सन् २०२२ मा खार्किभमा पराजयपछि रुसले कुनै पनि हालतमा खार्किभलाई जित्ने योजना बनाएको छ । 

तर, युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा रुस नरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले केही समय अघि चीन भ्रमणको क्रममा दाबी गरेका थिए । 

दुई वर्षअघि (हिजो) का दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण गरेका थिए । त्यसबेला पुटिनले यसलाई सैन्य कारबाही भनेका थिए । 

यस आक्रमणका कारण हालसम्म ४० लाखभन्दा बढी युक्रेनी नागरिकले देश छाड्नुपरेको छ । यी मानिसहरू अहिले अन्य देशहरूमा शरणार्थीहरू जस्तै जीवन बिताइरहेका छन्। स्वदेशमै ६५ लाखभन्दा बढी युक्रेनी घरबारविहीन भएका छन् ।

युक्रेनका १० हजार नागरिकको मृत्यु भएको छ भने १८ हजार ५ सय घाइते भएका छन् । युक्रेनले रुसले ३.९२ लाख सैनिक गुमाएको दाबी गरेको छ । 

यसैबीच अमेरिकाले रुसका ५ सय कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यहाँ रुसले युरोपेली संघ (ईयू)का धेरै कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस