चलचित्र ‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक « प्रशासन
Logo ५ असार २०८१, बुधबार
   

चलचित्र ‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक


११ जेष्ठ २०८१, शुक्रबार


काठमाडौँ । चलचित्र ‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक भएको छ ।

 विश्व टोरोन्टो, बुसानजस्ता फिल्म महोत्सवमा सहभागी यो चलचित्रमा कलाकार दयाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय रहेको छ । 

बिहीबार ट्रेलर सार्वजनिकपछि अभिनेता दयाहाङ राईले चलचित्रमा अभिनय गर्न पाउँदा खुसी लागेको बताए ।’यो चलचित्र वर्षौँ पहिले सुनेको थिए तर अभिनय नै गर्न पाउँला भनेर सोचेको थिएन’, अभिनेता राईले भने,’विश्व बजारमा पुगेको चलचित्रमा खेल्न पाउनु मेरो लागि खुसीको कुरा हो । अब घरेलु दर्शकले मन पराउने अपेक्षा गरेको छु ।’

अभिनेत्री पशुपति राईले यस चलचित्रबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए । महेश राईले लेखेको यस चलचित्रको निर्माता अमोद राई छन् भने निर्देशन नवीन सुब्बाले गरेका छन् । 

त्यस्तै, अमेरिकन छायाँकार जोश हेरमले खिचेको चलचित्रमा हाइडी लीको सङ्गीत, केदार श्रेष्ठको ‘कास्टिङ’ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको ‘साउन्ड डिजाइन’, सिकुमा राईको पहिरन, क्वान पुन लुङको सम्पादन रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस