बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु


१० जेष्ठ २०८१, बिहिबार


गुलरिया (बर्दिया)। बर्दियामा बाघको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका-८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकाय रहेकी छिन् ।

बाँसगढी नगरपालिका-४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका-४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् ।

उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस