गृहमन्त्रीको नाम किटान नभएसम्म हामी मान्दैनौँ : काँग्रेस « प्रशासन
Logo २ असार २०८१, आइतबार
   

गृहमन्त्रीको नाम किटान नभएसम्म हामी मान्दैनौँ : काँग्रेस


१० जेष्ठ २०८१, बिहिबार


काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउन बसेको कार्यदलको बैठक कांग्रेसले पुरानै अडान दोहोर्‍याएको छ ।

कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकपछि काँग्रेस सहमहामन्त्री जीवन परियारले आफूहरू गृहमन्त्रीकै नाम लेख्नुपर्ने अडानबाट पछि नहटेको बताए ।

उनले भने, ’सहकारीको विषयमा गृहमन्त्रीमाथि विभिन्न निकायमा छानबिन भइरहेको छ । उहाँ गृहमन्त्री भइसकेपछि छानबिन प्रभावकारी हुन सक्दैन भन्ने उद्देश्यका साथ कांग्रेसले सुरुदेखि नै समितिको माग गरेका छौँ । हिजो काँग्रेसको बैठकले पनि त्यही कुरा स्पष्ट पारेका छौँ ।’

उनले छानबिन समितिमा गृहमन्त्रीको नाम किटान नभएसम्म आफूहरू नमान्ने अडान सुनाए ।

उनले थपे, ‘हामीले जसकाबारेमा छानबिन बनाउनुपर्छ भनेर उठाएका हौँ । त्यो नभएसम्म हामी मान्दैनौँ भनेका छौँ । सत्तापक्षलाई आज पनि त्यही कुरा राखेका छौँ । उहाँहरूले नाम नराखीकन छानबिनको दायर अगाडि बढाउनुपर्छ भन्ने प्रस्ताव राख्नुभएको छ । त्यो गोलमोटल भाषाले छानबिन अगाडि बढ्न सक्दैन । त्यसैले गृहमन्त्री अपचलनमा सहभागी हुनुहुन्छ भन्ने हामीले भनेका छौँ । नभए कांग्रेसले गृहमन्त्रीमाथि यस्तो आरोप लगाएको छ भन्ने भाषा पारौँ सकिन्छ भन्नेबारे पनि छलफल भएको छ ।’

उनले आज भएको छलफलमा उठेका कुराहरूबारे शीर्ष नेताहरूसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस